प्रहरीमा तीन पद थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं / नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै पद थपिएको बताइएकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो । स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

तपाईको प्रतिक्रिया