राखेप पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । उहाँको ५० वर्षको उमेरमा बुधबार उपचारको क्रममा विशालनगरस्थित ओरिगन केयर होम निधन भएको हो ।

शेर्पा लामो समयअघिबाट नसा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ नेपाल बास्केटबल संघका अध्यक्ष र नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिवसमेत हुनुहुन्थ्यो । शेर्पाको आजै बौद्धस्थित शेर्पा गुम्बामा अन्त्येष्टि गरिने पारीवारिक श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया