प्रदेश १ मा एनसेल प्रयाेगकर्ताहरूले फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरूका कारण खेप्नु पर्याे सास्ती

इटहरी / प्रदेश १ मा एनसेल प्रयाेगकर्ताहरूले आज  बिहानैबाट फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिए कारण एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको छ । प्रदेश १ मा आज बिहानैदेखि एनसेलकाे नेटवर्कमा समस्या देखिएकाे कारण एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको हाे । सुनसरीको दुहबीमा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि एनसेलकाे नेटवर्कमा समस्या देखिएकाे एनसेलका एक प्रतिनिधिले बताए ।

बिहानैबाट फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिएका छन् । एनसेलका एक प्रतिनिधिका अनुसार दुहबीमा केही समय अघि डुबानमा परेको स्थानमा समस्या आएको हो । मर्मतपछि दिउसो ३ बजे देखी केही समय चलेको भए पनि पुनः नेटवर्क आउने जाने समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया