प्रदेश १ का ३ अस्पतालमा फाईजर खोप लगाँइदै

बेलबारी । आईतबारदेखि देशव्यापीरुपमा १२ वर्ष उमेर समूह देखि माथिका जटिल तथा दीर्घ रोगीहरूलाई कोरोना विरुद्धको फाइजर खोप लगाइदैछ ।
प्रदेश १ को ३ वटा ठुला अस्पताल प्रादेशिक मेची अस्पताल, कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट यो खोप लगाउन पाइने प्रदेश १ स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

कोभिड–१९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर देखि माथिका व्यक्तिहरूलाई “फाइजर खोप“ को २ मात्रा आज देखि मङ्सिर ४ गते सम्म लगाईदैछ । त्यसै गरी दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गते सम्म लगाइने बताइएको छ । कोभ्याक्स अन्तर्गत अनुदान आएको सो खोप देशभरका २४ वटा ठुला अस्पतालबाट फाइजर खोप लगाईदैछ । प्रदेश १ को तीन अस्पतालबाट ६ देखि ७ हजार जनालाई यो खोप लगाइने बताइएको छ ।
खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य लिएर जानुपर्ने हुन्छ ।

फाइजर खोप मुटुको शल्यक्रिया गराएका वा औषधी सेवन गरिरहेकाहरू, मिर्गौला फेरेका डायलाइसिस गराइरहेका वा औषधी सेवन गरिरहेकाहरू, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेकाहरू रहेका छन ।

यसैगरी फोक्सो सम्बन्धी रोगको औषधी सेवन गरिरहेकाहरू, अंग प्रत्यारोपण गरेकाहरू, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेकाहरू, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाकाहरु र मस्तिष्क र मस्तिष्कका रक्त नली सम्बन्धी रोग भएकाहरूले लगाउन हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया