लेटाङमा मोटरसाईकले ठक्कर दिँदा महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङमा मोटरसाईकल दुर्घट्ना हुदाँ आईतबार एकजना महिलाको निधन भएको छ । मोरङको लेटाङ नगरपालिका वडा नंम्बर ९ की अम्बिका ढकालको बिहान सोही वडाका समीर श्रेष्ठले चलाएको मे ८ प १९२६ नंम्बरको मोटरसाईकलले ठक्कर दिदा गम्भीर घाईते बनेकी ढकालको उपचारका लागि बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको अस्थायी प्रहरी चौकी लेटाङका प्रमुख चुडामणि भट्ट्रराईले जानकारी दिए ।

मृतकको सब पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ भने चालक र ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया