प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री आचार्यको कार्यकाल एकसाता लम्बियो

विराटनगर । सामान्यतया संसद् बैठकको कार्यसूची आएपछि बैठक बस्नैपर्ने संसदीय मान्यता र अभ्यासविपरीत प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आईतबार दिउँसो साढे १२ बजेदेखि प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक सुरु हुने कार्यसूची टाँस गरेको थियो ।

तर प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले बैठक सार्न माग गरेको भन्दै प्रदेशसभा सचिवालयले दिउँसो अढाइ बजे बैठक बस्ने मिति परिवर्तन भएको सूचना टाँस गरेको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपाली काग्रेस र नेकपा एमालेको ईच्छाअनुरूप अब प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक २०७८ कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया