लक्ष्मीमार्गमा चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप प्रतियाेगिता हुने

सुन्दरहरैंचा / मोरङको बेलबारी ११ स्थित लक्ष्मीमार्गमा कात्तिक ११ देखि १७ गते सम्म चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले बेलबारीमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर सञ्चालन हुन लागेको प्रतियोगिताका बारेमा जानकारी गराएकाे हाे ।

लक्ष्मीमार्ग स्थित लक्ष्मी मा.वि. खेल मैदानमा गोल्डकप प्रतियाेगिता आयोजना गर्न लागिएकाे साथै प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयाेजक क्लबका अध्यक्ष बिक्रम वान्तवा राईले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल काठमाडौं, हिमालयन क्लब , च्यासल युथ क्लब काठमाडौ , आयोजक डाँगीहाट युथ क्लब मोरङ, रोलीङ क्लब धुलाबारी झापा, गाईघाट फुटबल क्लब उदयपुर, रारा फुटबल क्लब राजारानी तथा आमुक्त परिवार वेस्ट वंगाल भारतले प्रतियोगितामा भाग लिने जानकारी दिए । माेफसलमा सर्बाधिक राशि पुरस्कार सहितकाे गाेल्डकप प्रतियाेगितालाई विगत बर्ष अनुसार निरन्तरता दिएकाे राईले उल्लेख गरे ।

फुटबल प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने व्यवस्था रहेको आयाेजक क्लबका सचिव शम्भु बस्नेतले बताए । कोरोनाको सङ्क्रमण सामान्य बन्दै गएकाले ठप्प रहेको खेल क्षेत्रलाई चलायमान बनाउन एवं खेलाडीको प्रोत्साहन तथा विगतकाे माेफसल खेल गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ गाेल्डकप आयाेजना गर्न लागिएको बस्नेत जानकारी दिए ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च तथा ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको फुटबल प्रतियाेगिताका आर्थिक समिति संयाेजक राजेश बस्नेतले बताएका छन् । उनले गाेल्डकप बाट नाफा भएको रकम भने खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने घोषणा क्लबले गरेको उल्लेख गरे ।

प्रतियाेगिताकाे उद्घघाटन खेल रोलीङ क्लब झापा तथा च्यासल युथ क्लब काठमाडौ बीच हुने आयाेजकले बताएको छ । प्रतियोगिता सञ्चालनका लागि तयारी तीव्र पारिएको आयाेजककाे भनाइ रहेको छ । खेलकुदकाे विकास गराै, राष्ट्र परिचानमा टेवा पु-याऊँ भन्ने नाराका साथमा प्रतियाेगिता हुने भएको हाे । बेलबारी नगरपालिकाको सहयोग, बुद्ध एयरको मुख्य प्रायोजन तथा टुबाेर्ग बियरकाे प्रायाेजनमा प्रतियोगिता हुन लागेको आयाेजकले पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ । क्लबका अध्यक्ष विक्रम राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन भने सञ्चारकर्मी नरेन्द्र बस्नेतले गरेका थिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

नेपाली काँग्रेस माेरङकाे उपसभापतिमा कोइराला र माझी साथै सचिवमा श्रेष्ठ तथा घिमिरे निर्वाचित

नाै बर्षिया छाेरीकाे उपचारमा २ बर्ष देखि होमिएको परिवारमा चरम आर्थिक समस्या

सुन्दरहरैंचामा बस रुखमा ठाेकिएर दुर्घटना हुँदा १८ जाना घाइते

पूर्वाञ्चल विश्वविद्यालयलाई १५ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटरहरु हस्तान्तरण

हातेमालो बहुउद्देश्यीय सहकारीको अध्यक्षमा अर्जुन बस्नेत

सुन्दरहरैंचामा गजल महफिलले ततायाे साहित्यिक माहाेल : नाट्यकर्मी भरत गुरागाईँ सम्मानित

विराटचाेकमा गजल महफिल हुने

सुन्दरहरैंचामा विकास र समृद्धिका विविध कामहरु भएका छन् : नगरप्रमुख ढकाल

सुन्दरहरैंचामा  ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन 

लक्ष्मीमार्गमा चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप प्रतियाेगिता हुने

तपाईको प्रतिक्रिया