एमाले नेता कोइरालाको शव बीपी ​प्रतिष्ठानलाई हस्तान्तरण, प्रतिकात्मक शव बनाएर अन्त्येष्टि

इटहरी / एमाले नेता ओम कोइरालाको अन्त्येष्टि गरिएको छ । शुक्रवार इटहरी स्थिति बुढि गंगामा कोइरालाको प्रतिकात्मक ( कुसकाे ) शव बनाएर अन्त्येष्टि गरिएको हो । उनले आफ्नो शरीर दान गरेकाले शव भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । परिवारले शव बीपी प्रतिष्ठान धरानलाई हस्तान्तरण गरेपछि धार्मिक परम्परा अनुसार कुसकाे शव बनाएर अन्तिम संस्कार गरिएकाे हाे ।

उनको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन प्रदेश नं १ का मुख्यमन्त्रि भिम आचार्य, एमालेका नेता तथा ठुलाे संख्यामा स्थानिय काेइरालाकाे निवासमा भेला भएका थिए । अन्तिम श्रद्धाञ्जली पश्चात उनकाे शव र प्रतिकात्मक शव इटहरीकाे टेङ्ग्रा खाेलाकाे पुल सम्म सँगै लगिएकाे थियाे । त्यहाँबाट शव वि.पि. प्रतिष्ठान धरान लगियाे भने प्रतिकात्मक शवकाे बुढि गंगामा अन्त्येष्टि गरियाे ।

६७ बर्षकाे उमेरमा शुक्रबार बिहान ३:१७ बजे नाेबेल अस्पताल विराटनगरमा उनकाे निधन भएकाे थियाे । कोइराला लामाे समय देखि मृगाैला सम्बन्धि राेगबाट पिडित थिए । केहि समय पहिले उनकाे मुटुकाे शल्यक्रिया समेत गरिएकाे थिए । २०११ सालमा तेह्थुममा जन्मिएका कोइरालाकाे परिवार २०२१ सालमा इटहरीमा बसाई सरेको थियो । विद्यालयमा अध्ययनरत हुदा देखि नै कोइराला वामपन्थी राजनितिबाट प्रभावित थिए ।

विद्यार्थी संगठनमा आबद्ध भइ उनले कुसल जिम्मेवारी निर्वाह रहेका छन् । २०३१-३१ सालमा धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएका उनले प्रारम्भवमा नै स्ववियुको साहित्य सचिवको जिम्मेवारी पाएका थिए । उनले कम्युनिष्टपार्टी स्थापना र सञ्चालनको आवश्यकता महसुश गरेर साथीहरुसँग रातो झण्डा नामको पार्टीको स्थापना गरेका थिए । उनकाे मृत्युु पश्चात नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटि सुनसरी र इटहरी नगर कमिटिले शाेक बक्तव्य जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया