कतारमा २० हजार नेपालीलाई स्यानिटाइजर वितरण

दोहा / गैरआबासीय नेपाली संघ (एनआरएनए) कतारले यहाँ कार्यरत २० हजार नेपालीलाई स्वास्थ्य सामाग्री स्यानिटाइजर वितरण गरेको छ । कोरोना महामारी रोकथामका लागि कतार सरकारले चालेको साबधानि र रोकथाम कार्यक्रम अन्तर्गत कतारको परोपकारी संस्था कतार च्यारिटीद्वारा नेपाली समुदायको लागि प्राप्त भएको स्यानिटाईजर कतारमा स्थापित नेपाली संघ सस्थाहरु मार्फत बीस हजार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

नेपाली कामदारहरु बसोबास गर्ने स्थानहरुमै पुगी विभिन्न चरणमा उक्त स्यानिटाइजर वितरण गरिएको अध्यक्ष मुसलमानले बताए । एनआरएनए कतारले यसघि पनि कोरोना महामारीको समयमा रोजगारी गुमाएर खानाको समस्या भोगिरहेका करिव ९ हजार भन्दाबढी नेपाली कामदारहरुलाई खाद्य सामाग्री वितरण गरेको थियो ।

यस्तै एनआरएनएले कोरोना भाइरस कोभिड-१९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका पहिलो चरणमा ५५ जना तथा दोश्रो चरणमा ४ जना नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाईसकेको छ ।

तपाईको प्रतिक्रिया