क्यान महासंघ सुनसरीको १५ औं साधारणसभा सम्पन्न

सुनसरी / कम्प्युटर एशोसियसन नेपाल (क्यान)महासंघ सुनसरीको १५ औं साधारण सभा इटहरीमा स्थित पाथिभरा हाेटलमा सम्पन्न भएको छ । क्यान महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्ताेलाकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठ, क्यान महासंघका पूर्व केन्द्रीय सदस्य रामकुमार राइ, क्यान सुनसरीका संस्थापक अध्यक्ष कमल तिम्सिना, क्यान  प्रदेश १ अध्यक्ष  भवकृष्ण तिम्सिना लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

संस्थाका सचिव यज्ञराज दाहाल (नवराज दाहाल ) ले अतिथि एवं सदस्य हरूलाई स्वागत गर्दै सुरु भएकाे उक्त कार्यक्रममा कोषाध्यक्ष महेन्द्र गुरागाइले आर्थिक वर्ष ०७८-७९ को आर्थिक प्रतिवेदन, सचिव यज्ञराज दाहाल (नवराज दाहाल ) ले आर्थिक वर्ष २०७८ सालमा गरेको प्रगति विवरण तथा क्यान सुनसरी अध्यक्ष बिशाल बास्ताेलाले वार्षिक कार्ययोजना अनुमाेदन गर्दै सम्पन्न भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया