विश्वमा आज : भारत र पाकिस्तानबीच युद्धविरामदेखि साउदी राज्यको स्थापना

आज २३ सेप्टेम्वरमा विश्व इतिहासमा भएका केही महत्वपूण घटना

भारत पाक युद्ध

भारत र पाकिस्तानबीच दुई पटक युद्ध भएको छ भने दुई देशका सेनाबीच धेरै पटक आमने सामने हुने गरेको छ । सन् १९६५ को अगस्टमा दुई देशबीच सुरु भएको दोस्रो युद्ध २३ सेप्टेम्वरमा युद्धविरामसँगै समाप्त भएको थियो । विवादास्पद काश्मिरलाई लिएर यी दुई देशबीच युद्ध भएको थियो ।

निक्सनको भाषण

सन् १९५२ मा अमेरिकाका तत्कालिन उपराष्ट्रपतिका उम्मेदवार रिचार्ड निक्सनले आफूमाथि लागेको भ्रष्टाचारको आरोपको जबाफमा गरेको एक टेलिभिजन सम्बोधन पनि इतिहासमा सम्झनयोग्य घटनाका रुपमा लिइन्छ । सम्बोधनको एउटा अंशमा निक्सनले आफूले उपहार स्वरुप पाएको कुकुरको प्रसंग जोडेपछि भाषणले चर्चा पाएको थियो ।

साउदी राज्यको स्थापना

सन् १९३२ मा साउदी अरेवियाको स्थापना भएको थियो । हरेक वर्ष २३ सेप्टेम्बरलाई साउदी राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

जापानको खेल उत्दपादक कम्पनी

सन १८८९ मा जापानी व्यवसायी फसुजिरो यामाउचीले क्वेटो सहरमा नाइनटेन्डो कोपाई नामक कम्पनी खोलेका थिए । यो कम्पनी खेलसँग सम्बन्धित सामाग्री उत्पादनका लागि चर्चित छ ।

तपाईको प्रतिक्रिया