कविता : साल्दिदीको भट्टी पसलजस्तो

यहाँ पियक्कड कोही छैन तर ठेलमठेल चल्छ
नराधम छ कोही हुर्मतहारा भनाभन गर्छ
कहिले पाखुरा खैंचिन्छ कहिले उच्चाट सोर जन्मिन्छ
हात हालाहाल भै नहाले पनि मान्छे आपंंmैआफ झर्किन्छ
टोकाटोक हुन बाँकी छ ठोकाठोक हुन बाँकी छ
थपिएझैं यज्ञकुण्डमा घिउ
कुहिरीमण्डल भै कुनै बेला
क्रोधको ज्वाला दन्किन बाँकी छ
कहिले भुसको आगो रीस भएर सल्किने गर्छ
घमण्ड तोडातोड निहुँ खोजाखोज

आक्रोशले मान्छे त्यसै उसै बम्किने गर्छ
आफुले कानुन मिचे केही लाग्दैन
अर्काले मिच्यो लाग्दा गतिरोध बढ्छ
पोल खोलाखोल झोसपोल र अबगाल बढ्छ
मान्छे आफैं फिंजारिरहेछ दुर्गन्ध
आसन बुझ्न नसकेर आफैं किन नभैरहेछ सर्मिन्दा ?
सकारात्मक छैन् कोही भैरहेछ नकारात्मक
झ्वामपानीमा डुबेको छैन बिल्कुल
र छैन पनि ऊ निर्दोष
हरेकसंग रोष र दोषको निथु्रक्क आहाल छ
देखिन्छ नचिनिने दृश्य कस्तो कस्तो !
साल्दिदीको नजिकैको भट्टी पसलजस्तो
इमान हराएको सुन पसलेको ज्यासलजस्तो
हौसिएर दाना लाग्न नभ्याएको फसलजस्तो !

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

तपाईको प्रतिक्रिया