रोनाल्डोले प्रहार गरेको बलले लगेर सुरक्षा गार्ड घाइते

एजेन्सी / च्याम्पियन्स लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडको योङ्ग बोइस विरुद्धको हारको हाल धेरै चर्चा हुँदै गर्दा खेल भन्दा अगाडी भएको एक घटनाको पनि अहिले चर्चा हुन थालेको छ। म्यानचेस्टर युनाइटेड र योङ्ग बोइस बिचको खेल अगाडी रङ्गशालाका एक सुरक्षा गार्ड घाइते हुन पुगिन र उक्त घटनाको कारण भने अनौठो रुपमा युनाइटेडका सुपरस्टार रोनाल्डो रहेका छन्।

खेल अघि मैदानमा प्रशिक्षणको समय रोनाल्डोले प्रहार गरेको बलले सुरक्षा गार्डलाई लागे पछि उक्त सुरक्षा गार्ड घाइते हुन पुगेको जानकारी छ । रोनाल्डोको प्रहारहरू निकै शक्तिशाली हुने गरेको छ जसले गोलकिपरहरूलाई पनि गाह्रो बनाउने गर्छ र उक्त प्रहार सुरक्षा गार्डलाई लागे पछि उक्त सुरक्षा गार्ड घाइते भएको खबर छ भने उक्त घटना पछि रोनाल्डो सुरक्षा गार्डलाई हेर्न ट्रयाकमा पुगे र उनले उक्त गार्ड सँग माफी मागे भने उक्त सुरक्षा गार्डलाई रोनाल्डोले आफ्नो जर्सी पनि दिएको खबर छ।

हाल उक्त घटनाको फोटोहरू भने सामाजिक सञ्जालमा धेरै भाइरल हुँदै गएको छ भने रोनाल्डोको शक्तिशाली प्रहारबारे धेरै चर्चा पनि भएको छ र घटना पछि उनको व्यवहारको हाल प्रशंसा पनि भएको छ।

तपाईको प्रतिक्रिया