निर्माणकाे अन्तिम चरणमा डिजिटल पेन्टस्, २५ सहरका ६६ काउन्टर मार्फत बिक्री बितरण हुने

इटहरी / पूर्वको इटहरीबाट करिब २० करोडको लगानिमा डिजिटल पेन्टस् संचालनमा आउने भएको छ । रंगमहल ग्रुप अन्तर्गतको डिजिटल पेन्टस् प्रा लि ले असोजदेखी बजारमा उत्पादनहरू ल्याउने गरि तयारी गरिरहेकाे हाे । सुरूवाती चरणमा डिजटल पेन्टसले वाल प्राइमर, इमल्सन, इनामेल (काठ तथा मेट्ल), वाल पुटिङ लगायतका सामाग्रिहरू उत्पादन गर्ने बताएको छ ।

डिजिटल पेन्टस्का उत्पादनहरू २५ सहरका ६६ रङ महल ग्रुप अन्तर्गतका काउन्टर मार्फत बिक्री बितरण गरिने कम्पनिका सिइओ देवी प्रसाद गौतमले बताए । उनका अनुसार एक बर्ष अघि नै संचालनमा ल्याउने तयारी रहेकाे भएपनि कोरोना महामारीका कारण एक बर्ष ढिला भएको हाे । गौतम भन्छन् “जर्मन प्रविधीका अत्याधुनिक मेसिन बाट उच्चगुणस्तरीय रंगहरू बजारमा ल्याउने छाैँ, पक्कै पनि यसले आम उपभोक्ताहरूको मन जित्न सफल हुनेछौ ।” आम उपभोक्ताहरूलाइ मध्यनजर गर्दै सस्तो तथा गुणास्तरिय उत्पादनहरू बजारमा ल्याउने तयारीमा जुटेको उनले बताए ।

नेपालको पूर्वी क्षेत्रलाइ रंगमा आत्मनिर्भर बनाउने उदेश्यका साथ आफुहरूले काम गरेको र क्रमश: नेपालभर डिजिटल पेन्टसका उत्पादनहरू उपलव्ध गराउने उदेश्य रहेको जानकारी दिदै कम्पनिका चिफ अपरेटिङ अफिसर मणिकुमार आचार्य भन्छन् डेढ दशक अघि परिकल्पना गरी गठन गरेको रंगमहल ग्रुपमा यसै क्षेत्रमा दशकौ काम गरेर राम्रो अनुभव हासिल गरेका यूवा व्यवसायीहरूको राम्रो टिम भएकाले पक्कै पनि उच्च गुणस्तरको उत्पादन बजारमा ल्याईने छ र ग्राहकको सन्तुष्टि कम्पनिको दायित्व मानेर रङको गुणस्तरमा कुनै कम्पर्माईज नगरी काम गरिरहेको छ ।

आचार्यका अनुसार नेपालमा रङ कम्पनीहरुको बिचमा नयाँ अवसर खोज्दै ग्राहकको आवस्यकता र रोजाई लाई ध्यानमा राखी मूल्य र गुणस्तरले ग्राहकको पहिलो रोजाई बनाउन उद्दत रहेको बताए। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रङहरु को क्षेत्रमा लामो अनुभव रहेको यस रङमहल ग्रुपका युवा ब्यवसाहीहरुको समुहले रङको क्षेत्रमा रहेका कमिकमजोरी लाई परिपुर्ति गर्न स्वदेशी उत्पादनमा केन्दित रहेको छ

अत्याधुनिक ल्याब, नबिनतम प्रबिधिका मेसिनहरु तथा अनुभवी टिम सहित बजारमा आउदै गरेको डिजिटल पेन्ट्सले नेपालको रङ बजारमा आफ्नो छुट्टै पहिचान बनाउने कम्पनीका अध्यक्ष भिम प्रसाद गौतमले बताए ।

तपाईको प्रतिक्रिया