तस्बिरमा हेर्नुहाेस् तीजकाे रमझम

काठमाडौं / आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरुमा महिलाहरुको भीड लागेकाे छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । पशुपतिनाथ मन्दिर बन्द हुँदा व्रतालुहरु प्रवेशद्वारमै पूजा गरेर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया