संखुवासभा हत्याकाण्ड : दुइ बालबालिका र आमाकाे एउटै चिता, ३ चितामा राखेर ६ शव जलाइयो (२२ तस्विरहरू)

इटहरी / संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका मृतकहरुको इटहरीमा अन्त्यष्टि गरिएको छ । बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टि गरिएको हो । ६ वटै शवकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्यष्टि गरिएकाे छ । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए ।

तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीकाे एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे छ, भने रञ्जना कार्की, ११ वर्षीय दीपेन कार्की र सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे हाे । साथै आमालाइ छुट्टै चितामा राखिएकाे थियाे ।

संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बिभत्स हत्या भएको थियो । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । घटनाकाे अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेकाे छ ।

तपाईको प्रतिक्रिया