धरानमा सौतेनी आमा-छोरा बिच कुटाकुट

धरान / धरानमा सौतेनी आमा छोरा बिच जग्गाको विषयमा कुटाकुट भएको छ । धरान १५ का तारा तामाङ र आशिष् राई बिच कुटाकुट भएकाे हाे ।कुटाकुटमा एक जना घाइते भएका छन् भने एक जनालाई धरान प्रहरी नियन्त्रणमा लिएको छ ।

जेठी तर्फका छोरा २५ वर्षीय आशिष् राई कुटपिटमा घाइते भएका हुन्, भने ४० वर्षीय तारा तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रड र चक्कु लगायतका हातहतियार लिएर सामूहिक रूपमा कुटपिट भएकाे थियाे ।

तपाईको प्रतिक्रिया