कोभिडमा बैकल्पिक शिक्षा : अनलाइन कि रेडियो प्रभावकारी होला ?

कसैलाई पनि थाहा छैन, बिश्वब्यापीरुपमा संकटकारुपमा देखा परेको कोरोना संकट कति चरणसम्म रहन्छ र कहिलै पूर्णरुपमा निस्तेज हुन्छ । गत बर्षको जस्तै यो बर्ष पनि कोरोना संकटका कारण मुलुक भरको शैक्षिक गतिबिधी ठप्प छ । अन्यौलग्रस्त अवस्थामा शैक्षिक सुधार कसरी गर्न सकिन्छ र बिद्यार्थीलाई बैकल्पिक बिधीबाट कसरी अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने चिन्ता पनि अहिले सरोकारवालामा देखिएको छ । तर ती बैकल्पिक माध्यम पनि पूर्णरुपमा सफल हुन सकिरहेको छैन ।

कोरोना जोखिम कम हुन्छ र पुन पहिलाको अवस्था मै बिद्यालयका पठनपाठन नियमित हुने अवस्था झन अनिश्चित बनेको छ । कोरोनाको संक्रमण दरमा बृद्धि भएसँगै मुलुक भर फेरी निषेधाज्ञाको चर्चा शुरु भएको छ । यदी यो भएमा शैक्षिक संस्थाहरु पुन ठप्प हुन्छन । संक्रमण फैलिन नदिनका लागि बन्द गरिएका शैक्षिक संस्थाहरु कहिले खुल्ने शिक्षक, बिद्यार्थी र अभिभावक सवै अन्यौल मै छन ।

अहिले केही शैक्षिक संस्थाहरुले बिद्यार्थीको पठनपाठनलाई संकटका बिचमा पनि नियमित गराउन अनलाइन लगायतका बैकल्पिक बिधी प्रयोग गरेर पठनपाठन गराउँदै आई रहेका छन । यो एउटा सकारात्मक बिषय हो । तर अनलाइन र बैकल्पिक बिधी पनि मुलुकमा रहेका सवै बिद्यालयले संचालन गर्न सक्दैन, किन भने सवै बिद्यालय प्रबिधिी मैत्री छैनन् ।

ग्रामीण क्षेत्रका कुना कुनामा पनि शैक्षिक संस्थाहरु छन, जहाँ कम्प्युटर, इन्टरनेट लगायतको सुबिधा होइन बिद्युत सेवा समेत पुगेको हुदैन । यो समस्या तर्फ पनि सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । त्यसैले यही अन्यौलका बिचमा चर्चामा रहेको अनलाइन शिक्षा र बैकल्पिक शिक्षा बिधी कतिको प्रभावकारी छ र बनाउन सकिन्छ, खोजीको बिषय बनेको छ । अनलाइन कक्षा प्रभावकारी हुन नसकि रहेको अवस्थामा रेडियोहरु पनि पठनपाठनका लागि बैकल्पिक माध्यम बन्न सक्छन ।

इन्टरनेट नचाहिने, कम्प्युटर नचाहिने, मोवाइल नचाहिने भएकाले रेडियो पनि यो जोखिम पूर्ण अवस्थामा बिद्यार्थीका लागि प्रभावकारी माध्यम बन्न सक्छन, बनाउँन सकिन्छ । हरेक जिल्लामाहरुमा स्थानीय रेडियोहरु खुलेका नै छन । उनीहरुसँगको समन्वयमा बिषयगत ज्ञानहरु बिद्यार्थीका लागि बाँडन सकिन्छ । जसका लागि जिल्लामा बिषयगत शिक्षकहरु छनौट गरी रेडियो मार्फत बिहान बेलुका पढाउने ब्यवस्था मिलाउन सकिन्छ ।

हाम्रा कुना काप्चामा अहिले पनि इन्टरनेटको पहुँच त के मोवाइलको नेटवर्क समेत राम्ररी आउँदैन । गाउँघरमा रहेका बिद्यार्थीहरु सवै सदरमुकाममा नै आएर पढन समेत सक्दैनन । सवै अभिभावकसँग अनलाइन कक्षाका लागि प्रबिधि समेत नहुन सक्छ । तर सामान्य रेडियोको ब्यवस्थापन भने अभिभावकबाट हुन सक्छ ।

दुर्गम तथा बिकासबाट पछाडी परेका वर्ग जोसँग डिजिटल तथा इन्टरनेट सुविधाको पहुँच पुग्न सकेको छैन भने सवै अभिभावकलाई मोबाइल मार्फत शिक्षासँग जोड्न पनि सकिदैन । आर्थिक सर्भेक्षण २०२० को तथ्यांक अनुसार राष्ट्रिय रेडियोमा ८२% र टेलिभिजनमा ७२% को पहुँच रहेको छ । यो तथ्यांकलाई हेर्दा पनि अनलाइनको बिकल्पकोरुपमा रेडियो तथा टेलिभिजनलाई प्रयोग गर्न सकिन्छ । यी बिधिबाट पनि शैक्षिक कोर्षलाई विद्यार्थीसँग जोड्न सकिन्छ होला ।
कोरोना संकटले निम्त्याएको शैक्षिक सुधार अहिले कै अवस्थामा अनलाइन शिक्षा मार्फत सम्भव देखिदैन । त्यसैले अहिले देखिएको समस्या समाधानका लागि अन्य केही उपायहरु सोचौ । अनलाइन शिक्षा प्रभावकारी हुनको लागि अझै पनि केही समय लाग्न सक्छ, अनलाइन शिक्षाका लागि पूर्वाधार के चाहिन्छ ? उपकरणहरु के के

हुन ? शैक्षिक संस्थाहरुलाई त्यसका लागि कसरी बजेट दिन सकिन्छ ? अनलाइन शिक्षा चलाउन सक्ने आवश्यक जनशक्ति छन छैनन वा कति लाग्छ ? यस्ता बिषयमा पहिला सरकारी पक्षले ध्यान दिन जरुरी छ ।

जोखिमका बिचमा पनि बिद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्न अहिले सवै सरोकारवाला निकायसँग समन्वयको खाँचो छ । यसका लागि स्थानीय निकायलाई अझ धेरै जिम्मेवार र चलायमान बनाउन पनि आवश्यक देखिन्छ । यसका साथै सरकारी स्तरको दिर्घकालिन नीति त्यसको मुल चुरो हो । अहिले कायम रहेको जोखिमले सवैलाई अव बिद्यालयबाट मात्र बिद्यार्थीका लागि पठनपाठन गराउन नसकिने रैछ भन्ने भान भएको छ ।

त्यसैले अवका दिनमा आर्थिक श्रोतको खोजी गर्दे बैकल्पिक शिक्षाका उपायहरुलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ । गुणस्तरयुक्त अनलाइन, शैक्षिक सामाग्रीको तयारी, अनलाइनबाट शिक्षक शिक्षिकालाई तालिमको सुरुवात साथै विद्यालय व्यवस्थापन समितिका सबैलाई यस सम्बन्धि आधारभूत तालिमको व्यवस्था अनिवार्य गर्न गर्नु पर्छ । अवको पछिल्लो अवस्थामा बिगतमा शिक्षाका लागि बिनियोजन गरिएको बजेट पर्याप्त हुन सक्दैन । त्यसैले आगामी बर्ष देखि शिक्षाका नाममा आउने बजेट समेत थप हुन जरुरी छ ।

बालबालिका भनेका भोलीका कर्णधार हुन, जसरी हामीले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रभावकारीरुपमा दिन सक्छौ त्यति नै उनीहरु सक्षम हुने हुन । त्यसैले अवका दिनमा सरोकारवाला निकाय सवै एकै ठाउँमा बसेर बिद्यालय शिक्षाका बैकल्पिक उपायका बिषय, चुनौती, समस्या र समाधानका बिषयमा प्रभावकारी निष्कर्ष
निकालौ ।

अन्त्यमा कोरोना महासंकट चाडै सकिएर महिनौ अगाडीबाट शिक्षा लिनबाट बञ्चित बिद्यार्थीहरुले सहजरुपमा पठनपाठन गर्दे आफनो भविष्य सफल बनाउन पाउन शुभकामना । सवै पक्ष कोरोना संक्रमण बढाउने होइन, नियन्त्रण गर्ने तर्फ लागौ, तपाई हाम्रो स्वास्थ्य, हाम्रे हातमा छ, एक जुट बनौ ।

लेखक बिगत दुई दशक देखि पत्रकारिता पेशामा संलग्न हुनुहुन्छ

तपाईको प्रतिक्रिया