खेलाडीले किन टोक्छन् पदक ?

यतिबेला जापानमा टोकियो ओलम्पिक चलिरहेको छ । केही दिनअघि टोकियो ओलम्पिकको अफिसियल पेजमा एउटा ट्वीट आएको थियो जसमा ‘खेलाडीले प्राप्त गरेको मेडल टोक्न योग्य नभएको’ भनी उल्लेख गरेको थियो ।

ट्वीटमा भनिएको थियो, ‘हाम्रा मेडलहरु जापानी जनताले डोनेट गरेका विद्युतीय सामाग्री रिसाइकल गरेर बनाइएको हो । त्यसकारण यो टोक्न उचित हुन्न ।’ यति हुँदा हुँदा पनि ओलम्पिकमा खेलाडीहरुले पदक टोक्ने विश्वास गरिएको छ ।

किन खेलाडीहरु मेडल टोकेर आफ्नो जितको खुशीयाली मनाउन चाहन्छन् ? इन्टरनेशनल सोसाइटी अफ ओलम्पिक हिस्ट्रोरियनका कार्यकारी सदस्य डेभिड वालेचिन्स्कीले सीएनएनसँग भनेका छन्, ‘मेडल यसरी टोक्नु सायद यो मिडियाका लागि गरिएको हुनसक्छ ।’

वालेन्चिस्कीले भनेका छन् ‘उनीहरुले यसलाई एउटा आइकोनिक सटका रुपमा मान्छन् । सायद, त्यस्तो फोटो सट जसलाई बेच्न सकिन्छ ।’ वालेन्चिस्कीले यो त्यति महत्वपूर्ण कुरा नभएको पनि बताएका छन् ।

ओलम्पिकको मात्र होइन, टेनिसका सुपरस्टार राफेल नाडालले फ्रेन्च ओपनमा सिंगल्स तर्फ उपाधि जित्दा ट्रफीको एकछेउ टोकेको तस्बिर पनि यसअघि निकै चर्चित भएको थियो ।

तपाईको प्रतिक्रिया