प्रधानमन्त्री देउवाकाे अनुहारमा बिजुली बालिदिएपछि…

काठमाडौं / बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खुमलटारमा अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा कार्यक्रम राखिएको थियो । राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि बनेर गएका थिए । कार्यक्रम स्थलमा झ्याप्प बिजुली गयो । त्यसकाे केहि बेर पछि उनले अँध्यारोमै माइकबिना भाषण टुङ्ग्याए ।

पछि जेनेरेटरबाट बिद्युत ब्यवस्था गरियो तर मञ्चमा देउवाको मुखमा पर्नेगरी बिजुली बालियो । बत्ती बन्द गर्न उनले निर्देशन दिए । तर तुरुन्तै बत्ती ननिभाएपछि प्रधानमन्त्री देउवा रिसाले झोक्किए ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व वनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालका लागि भारतीय राजदूत, नेपालका लागि रसियाका कार्यवाहक राजदूत लगायत अतिथि थिए ।

तपाईको प्रतिक्रिया