सेनाका बख्तरबन्द गाडी सडकमा !

काठमाडाैं / नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल) को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार सूचना निकालेर साे जानकारी दिएकाे हाे । सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागिएकाे सूचनामा उल्लेख छ ।

आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको सेनाले जनाएकाे छ । अभ्यासका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने पनि सूचनामा उल्लेख छ । काठमाडाैंकाे सीतापाइस्थित बाहिटी ब्यारेक, ईटहरी गुल्म र धनगढी गुल्मले साे अभ्यास गर्न लागेकाे सेनाले जनाएकाे छ ।

बख्तरबन्द गाडीलाई युद्धमा परिचालन हुने गाडीका रुपमा चिनिन्छ । बख्तरबन्दको अभ्यास हुने ठाउँ र मिति तालिका सेनाले सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया