राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं / राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो । सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र लिम्बुले आजै पदभार पनि ग्रहण गरेका छन् ।

तपाईको प्रतिक्रिया