भारतमा दुई राज्यका प्रहरीबीच गोली हानाहान, ५ प्रहरीको मृत्यु

एजेन्सी / भारतमा दुई राज्यका प्रहरीबीच झडप भएको छ । उक्त झडपमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पूर्वोत्तर राज्यहरू आसाम र मिजोरमको सीमामा उक्त घटना भएको जनाइएको छ । बीबीसीका अनुसार मुख्यमन्त्रीसहित दुवै तर्फका अधिकारीले एकअर्कामाथि हिंसा भड्काएको आरोप लगाएका छन् ।

सीमासम्बन्धी दुई राज्यबीच महिनौँदेखि जारी तनावबीच यो घटना भएको बताइएको छ । सीमाङ्कनको विषयमा दुवै पक्षले आआफ्नै दाबी गरेकको जनाइएको छ ।

ती दाबीलाई लिएर दुवै पक्ष प्रायः झगडा गरिरहने र कहिलेकाहीँ हिंसात्मक घटना पनि हुने गरेको छ । तर दुई राज्यका प्रहरीबीच प्रत्यक्ष सङ्घर्ष भएको यो पहिलो घटना हो । भिडन्तमा मारिनेमा आसामका प्रहरी छन् । सन् १९९४ देखि नै सङ्घीय सरकारले दुई राज्यबीच सहमतिका लागि मध्यस्थता गर्ने प्रयास गर्दै आए पनि कुनै उपलब्धि हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया