वृद्ध भत्ता लिन गएका सुनसरीका वृद्धको लडेर मृत्यु

इनरुवा / वृद्ध भत्ता लिन वडा कार्यालय पुगेका ६८ वर्षिय वृद्धको लडेर मृत्यु भएको छ । सुनसरीकाे बर्जु गाउँपालिका ६ का ६८ वर्षिय खटर मण्डलको आज दिउँसो मृत्यु भएको हो ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार मण्डल भत्ता लिन ६ नम्बर वडा कार्यालय पुगेका थिए । सो क्रममा बेन्चमा बस्ने क्रममा लडेका वृद्धलाई बेहोस अवस्थामा उपचारकालागि बिराटनगर स्थित कोशी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया