साङ्ग्ला, सर्प को बिष मार्न देखि लिएर मस्तिष्कको क्षमता बृद्धि गर्नसम्म अत्यन्तै उपयोगी तेजपत्ता

काठमान्डाैं / सामान्यतया तेजपत्ता हामी स्वादको लागि चिया वा तरकारीमा प्रयोग गर्छौं। खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो। सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिज हुन्छ। यसमा भिटामिन ए र सी पाइन्छ।

औषधीय गुणयुक्त तेजपत्ता क्यान्सर जस्ता घातक रोगमा पनि फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ। तेजपत्तामा भिटामिन ए र सीका साथै फोलिक एसिड पनि हुन्छ। यदि तपाईंलाई पेटसम्बन्धी समस्या छ भने तेजपत्ताले धेरै फाइदा पुर्‍याउँछ।

अनुसन्धानबाट तेजपत्ता मधुमेहमा पनि प्रभावकारी देखिएको छ। सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिशनमा प्रकाशित शोधमा टाइप २ मधुमेहबाट पीडित व्यक्तिले तेजपत्ता खानु उपयोगी हुने उल्लेख गरिएको छ। यसबाट बिरामीको रगतमा ग्लूकोजको मात्रा सामान्य हुने र कोलेस्ट्रोलमा पनि सुधार हुने शोधमा लेखिएको छ।

तेजपत्तामा कपर, पोटाशियम, क्याल्सियम र आयरन पनि हुन्छ, जुन स्वास्थ्यका लागि आवश्यक मानिन्छ। पेटसम्बन्धी सबै समस्यामा तेजपत्ता लाभकारी हुन्छ। कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधिकै काम गर्छ।

यदि तपाईंलाई निद्राको समस्या छ भने तेजपत्ता खान सक्नुहुन्छ। यसको उपयोगबाट मीठो निद्रा लाग्ने बताइन्छ। यसका साथै, दाँतको स्वास्थ्यको लागि पनि तेजपत्ता फाइदाजनक हुन्छ। यसमा हुने भिटामिन सीले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ। तेजपत्ता एन्टी-इन्फ्लेमेटरी गुणले भरपूर हुने भएकाले यसले दाँतको दुखाइ पनि दूर गर्छ।

सचेत हुनुपर्ने कुरा के हो भने, तेजपत्ता अत्यधिक उपयोग गर्नु घातक पनि हुनसक्छ। कतिपय अनुसन्धानले तेजपत्ताको बढी उपयोगबाट यसमा हुने कक्स-टू नामक एन्जाइमले शरीर सुन्निने समस्या निम्तिन सक्छ।

तेजपत्ताका अन्य फाइदा

१.सर्पको विष झार्छ

सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ, भनिन्छ तर तेजपत्ताकै भरमा नपरी प्राथमिक उपचारका लागि सर्पले टोकेको ठाउँमा यसको प्रयोग गर्दा फाइदाकारी हुन्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’तथा‘एन्टी ब्याक्टेरियल’गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।

२.जुम्रा मार्न

टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।

३.निद्रा राम्रो लाग्छ

यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ ।

४.नाकबाट रगत बग्न रोक्छ

गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

५.रुघा–खोकी ठीक पार्छ

रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।

६.मस्तिष्कको क्षमता बृद्धि गर्न

दालचिनीको प्रयोगले सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए ।

तपाईको प्रतिक्रिया