राशिफल : वि.सं. २०७८ श्रावण १० गते आइतवार, पाथिभरा माताकाे कृपाले यहाँकाे दिन सफल हाेस्

आजको पञ्चाङ्ग, वि.सं. २०७८ श्रावण १० गते आइतवार तदनुसार ई. सं. २०२१ जुलाई २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, चन्द्रास्त : बिहान ०७:०५ बजे र चन्द्रोदय : बेलुका ०७:२९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे, श्रावण कृष्णपक्षको प्रतिपदा तिथि, बिहान ०६:२१ बजेसम्म, त्यसपछि द्वितीया तिथि, मध्यरात्रीपछि ०५:१७ बजेसम्म, अन्तिममा तृतीया तिथि (तिथि टुटेको दिन), श्रवण नक्षत्र, दिउँसो १२:५३ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि १२:४४ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, आयुष्मान् योग, मध्यरात्रीपछि ०३:२५ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा कौलव करण बिहान ०६:२१ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०५:४९ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : गद, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (मध्यरात्रीपछि १२:४४ बजे), वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०३:०५ सम्म, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : द्विपुष्कर योग (दिउँसो १२:५७ देखि भोलि बिहान ०५:१९ सम्म), आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), गृहवास्तु जुरेको दिन, द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने (द्वारचक्र),

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ११ गते : सोह्र सोमवारको व्रत थालनी गर्ने दिन, श्री प्राणनाथ जीको धामगमन (कृष्ण प्रणामीहरूको पर्व), मूहुर्त : अन्नप्राशन(पास्नी), गृहारम्भ (घरको जग राख्ने), गृहवास्तु जुरेको दिन, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, दीक्षाग्रहण (मन्त्र लिने), १२ गते : मङ्गल चतुर्थी व्रत (सन्तानसुख, धनसम्मृद्धि र पतिसुखका लागि व्रत थाल्ने दिन, मङ्गलचौथी), सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहवास्तु जुरेको दिन, १३ गते : वितक कथा प्रारम्भ (कृष्ण प्रणामीहरूको पर्व), मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), दीक्षाग्रहण (मन्त्र लिने),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति/प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके/ताकेका काममा सफलता मिल्नेछ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहने छन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिनेछ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

राम्रो/नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नम:  न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हिरण्यगर्भाय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

वि.सं. २०७८ आश्विन ०७ गते बिहीवारकाे राशिफल, जय श्री कृष्ण, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ आश्विन ०६ गते बुधवारकाे राशिफल, श्री गणेशकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ आश्विन ०५ गते मङ्गलवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ आश्विन ०४ गते सोमवारकाे राशिफल, सोमवार भगवान शिवकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ आश्विन ०३ गते आइतवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य

दैनिक राशिफल : वि.सं. २०७८ श्रावण १७ गते आइतवार || निकै राम्रो छ यी राशिको भाग्य

राशिफल : वि.सं. २०७८ श्रावण १६ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

राशिफल : वि.सं. २०७८ श्रावण १५ गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज २०७८ श्रावण १४ गते बिहीवारकाे राशिफल : कुन-कुन राशिलाइ शुभ ?

राशिफल : वि.सं. २०७८ श्रावण १३ गते बुधवार, हेर्नुहोस् दैनिक राशिफल || निकै राम्रो छ यी राशिको भाग्य

तपाईको प्रतिक्रिया