विदेशको उपचार खर्च राज्यकोषको दिन मिल्दैन : गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका नेता गगन थापाले पूर्व-प्रधानमन्त्रीको विदेशको उपचार खर्च कानुनी रूपमा राज्‍यले व्यहोर्न नमिल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डनिवासबाट दिल्लीमा उपचाररत नेता खनाललाई फोन संवादमार्फत उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

त्यसलगत्तै विदेशको उपचार खर्च सरकारले व्‍यहोर्न नमिल्ने भन्दै नेता थापाले बुधबार सामाजिक सञ्‍जालमा विरोध जनाएका हुन् । नेता थापाले लेखेका छन्,‘अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन, कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उद्धृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’ पूर्व-प्रधानमन्त्री खनाल केही सातादेखि दिल्लीमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया