धरानबाट प्रतिबन्धित औषधिसहित युवा पक्राउ

इटहरी / प्रहरीले सुनसरी धरानबाट प्रतिबन्धित औषधिसहित एक युवालाई पक्राउ गरेको छ । धरान ८ तीनकुनेबाट नेपालमा प्रयोग गर्न प्रतिबन्धत लगाइएको औषधिसहित धरान १६ का १९ बर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।

हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी Spaspain – १५०० ट्यव्लेट र Tramol-50 -१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो ।

दुवै औषधि मिसाएर सेवन गर्दा लागुऔषधको जस्तै नसा दिने भएकाले पछिल्लो समय दुव्र्यसनीको आकर्ष प्रतिबन्धित औषधितर्फ बढ्दै गएको निस्कर्ष प्रहरीको छ । पक्राउ परेका तामाङ उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले बताएकाे छ ।

मोरङको उर्लाबारीबाट प्रतिबन्धित औषधिसहित युवा पक्राउ

तपाईको प्रतिक्रिया