टिकटकका अब यस्ता भिडियो पोस्ट गर्न नपाइने

एजेन्सी। टिकटकले आफ्नो प्लेटफर्ममा अब केही निश्चित विषयहरू भएका सामग्री माथि प्रतिबन्ध लगाउने भएको छ। टिकटक प्लेटफर्ममा ठुलो हिस्सा ओगटेका ती सामग्रीहरूमा वित्तीय सेवाहरू, पिरामिड स्किमहरू र स्क्रिप्ट करेन्सीहरू रहेका छन्।

यो प्लेटफर्म उल्लेखित सेवा र विषयहरू छलफल हुने र बिज्ञापन गर्ने नम्बर एक स्रोत बनेको छ। धेरै लगानीकर्ताहरू आजकल उनीहरूको वित्तीय सल्लाह लिन्छन्। याहूका अनुसार यस्तो सूचनाबाट प्रयोगकर्ताहरू भ्रममा पर्न सक्ने चिन्ताको कारण टिकटकले भिडियोहरूबाट वित्तीय सल्लाह लिने दिने कुरामा चेतावनी दिएको थियो।

वित्तीय सेवाहरू र उत्पादनहरू टिकटकको “विश्वव्यापी निषेधित उद्योगहरू” सूचीमा थपिएको छ। धन सम्पत्ति व्यवस्थापनको बिषय, वित्तीय सेवाहरू, ट्रेडिंग प्लेटफर्महरू, क्रिप्टोकरन्सी, विदेशी विनिमय, डेबिट र क्रेडिट कार्डहरू, विदेशी मुद्रा ट्रेडिंग र पिरामिड योजनाहरूबारे अब टिकटकमा कुनै भिडियो पोष्ट गर्न पाइने छैन। त्यस्ता भिडियोमा सो प्लेटफर्मले अब सेन्सर लगाउने भएको हो ।

वित्तीय सल्लाह सेवा प्रदान गर्ने कम्पनि ओपनमनीका सह-संस्थापक एंथनी मोरोले यस सम्बन्धि प्रतिक्रिया दिंदै भनेका छन्, “टिकटकको पछिल्लो निर्णय यो हो कि यसले कसरी प्रतिबन्धित सामग्री पहिचान गरी छिटो हटाउन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्न सहयोग गर्छ।” सोशल मिडियाले प्रभावकारी रुपमा बिभिन्न कारोबार र स्क्रिप्ट करन्सी जस्ता अनियमित लगानीको मागलाई बढावा दिइरहेका छन्। जसले सम्भावित जोखिमको बारेमा कुरा नगरी सम्भावित रिटर्नको मात्र कुरा गर्छन् ।

यो निर्णय किन पनि आवश्यक छ भने टिकटकमा दृश्यको हिसाबले हेर्ने हो भने ह्यासट्याग बिटक्वाईन लेबल गरिएका पोस्टहरू नै ४.४ अर्व भेटिन्छन्। त्यसैगरी ह्यासट्याग क्रिप्टोकरेन्सी लेबल गरिएका पोस्टहरू डेढ अर्व भन्दा धेरै छन्। यस सम्बन्धी अध्ययन गरेको प्रतिवेदनले भनेको छ कि ह्यासट्याग इन्भेस्टमेन्ट लेखिएको भिडियो ७९० लाख भन्दा बढी पटक हेरिएको छ। ह्यासट्याग एस्टकोस्टोबुयले ४४ करोड दर्शकहरू पाएको छ ।

टिकटक, रोबिनहुड लगायतका एपहरूलाई बेलायतको वित्तीय आचरण प्राधिकरणले यस वर्षको सुरुमा भनेको थियो कि त्यसमा पोस्ट भएका भिडियोहरूका कारण युवाहरू उच्च जोखिमको लगानीमा संलग्न भइरहेका छन्। उनीहरूलाई नयाँ लगानी एपहरूद्वारा प्रस्ताव गरिएको पहुँचको माध्यमबाट त्यस्तो लगानीको लागि प्रेरित गरिएको छ। अार्थिकन्यूजबाट

तपाईको प्रतिक्रिया