युरो कपको गोल्डेन बुट रोनाल्डोलाई

एजेन्सी / पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् ।

रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए ।

रोनाल्डो युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् । त्यसपछि अन्य राष्ट्रका खेलाडीले गोलमा रोनाल्डोको उछिन्न सकेनन् । चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे ।

तपाईको प्रतिक्रिया