माटाका भाँडा जस्ता बालबालिकाको शैक्षिक भविष्य अन्यौलमा, कस्ले दिने चासो ?

गत बर्ष बिश्वब्यापी महामारीकारुपमा देखा परेको कोरोना जोखिम (कोभिड १९) बढदै गएका कारण नेपालका पनि शैक्षिक संस्थाहरु ठप्प भए । कोरोनाले समयमा पठनपाठन हुन नसकेको भन्दै गत सालको शैक्षिक सत्रमा दुई महिना थप गरेर जेठ पुर्‍याइयो । पुन दोश्रो लहरको भेरियन्ट शुरु भयो बिद्यालयहरु पुन गत बर्षको जस्तै बन्द भए । कोरोना जोखिमका बिचमै असार १ गतेबाट नयाँ भर्ना अभियान शुरु हुने भन्दै आन्तरिक मुल्यांकनबाट जेठमसान्त भित्रै परीक्षाफल प्रकाशन गर्न बिद्यालयहरुलाई स्थानीय तहले निर्देशन गरे । सोही अनुसार परीक्षाफल समेत प्रकाशित भयो । तर पनि यस बर्षको शैक्षिक सत्र कहिलेबाट शुरु हुन्छ कसैलाई पनि थाहा छैन ।

माटालाई जस्तोरुप दियो त्यस्तै भाँडाकुडा बन्छ । बालबालिका भनेका पनि माटाका भाँडा जस्तै हुन, उनीहरुलाई जे सिकायो, जे पढायो त्यही बुझ्छन । यो सवै सिकाउने जिम्मा भनेको कि अभिभावकको हो कि शिक्षकको । अहिले कै अवस्थामा बिद्यालयमा बालबालिकालाई उपस्थिती गराएर पठन पाठन पुन नियमित सुचारु हुने बातावरण तयार भई सकेको छैन । एका तिर कोरोना संकट कायम नै छ, भने शैक्षिक सत्र शुरु नभई नै असार बितिसकेको छ । सरकारले असार १ गतेबाट भर्ना अभियान र पाठय पुस्तक बितरण गर्ने कार्य शुरु गर्न शैक्षिक संस्थाहरुलाई निर्देशन जारी गरेको थियो । सोही कुरालाई मान्दै बिद्यालयहरुले नयाँ भर्ना अभियान समेत शुरु गरे तर देखिएन कतै पनि उत्साहप्रद भर्ना अभियान । नयाँ शैक्षिक सत्र शुरु गर्न तम्सिएको सरकारले शिक्षक बिद्यार्थी बिद्यालयमासँगै उपस्थित भएर पठनपाठन गर्ने बातावरण नभएको अवस्थामा पनि भरपर्दो बैकल्पिक ब्यवस्था हुने उपाए भने दिन सकेन ।

दोश्रो लहरको भेरियन्ट संक्रमण कहिले अन्त्य हुन्छ र मुलुक पुन: पहिला कै अवस्थामा फर्कने हो टुंगो छैन । संक्रमण फैलिन नदिनका लागि बन्द गरिएका शैक्षिक संस्थाहरु कहिले खुल्ने शिक्षक, बिद्यार्थी र अभिभावक सवै अन्यौल मै छन । सरकारको नयाँ शैक्षिक सत्र शुरुको निर्णय पनि अहिले कै अवस्थामा कार्यान्वयन हुन सक्दैन, किन की दोश्रो मात्र होइन बालबालिकालाई प्रत्यक्ष असर पुर्याउने तेश्रो भेरियन्टको समेत खतरा देखिने अवस्था
छ । यस्तो अवस्थामा आफना बालबालिकालाई जोखिममा राखेर कुन चाही अभिभावकले बिद्यालयमा अध्ययनका लागि पठाउँछन होला । मनन गरौ त ।

अन्यौलग्रस्त अवस्थामा शैक्षिक सुधार कसरी गर्न सकिन्छ र बिद्यार्थीलाई बैकल्पिक बिधीबाट कसरी अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने चिन्ता त बिद्यालयका शिक्षकहरुमा पनि देखिदै आएको छ । सवै मुखमा आउने पनि गर्छ अवको बैकल्पिक शिक्षा भनेको अनलाइन कक्षा नै हो । हो, बास्तवमै बैकल्पिकरुपमा बालबालिकाहरुलाई पठनपाठन गराउने माध्यम भनेको अनलाइन कक्षा पनि हो । तर यसलाई प्रभावकारी बनाउन सकिन्छ त ?

अहिले केही शैक्षिक संस्थाहरुले बिद्यार्थीको पठनपाठनलाई संकटका बिचमा पनि नियमित गराउन अनलाइन लगायतका बैकल्पिक बिधी प्रयोग गरेर पठनपाठन गराउँदै आई रहेका छन । यो एउटा सकारात्मक बिषय हो । तर अनलाइन र बैकल्पिक बिधी पनि मुलुकमा रहेका सवै बिद्यालयले संचालन गर्न सक्दैन, किन भने सवै बिद्यालय प्रबिधिी मैत्री छैनन । ग्रामीण क्षेत्रका कुना कुनामा पनि शैक्षिक संस्थाहरु छन, जहाँ कम्प्युटर, इन्टरनेट लगायतको सुबिधा मात्र होइन बिद्युत सेवा समेत पुगेको छैन । यो समस्या तर्फ पनि सरोकारवाला निकायले ध्यान दिन जरुरी देखिन्छ । त्यसैले यही अन्यौलका बिचमा चर्चामा रहेको अनलाइन शिक्षा र बैकल्पिक शिक्षा बिधी कतिको प्रभावकारी छ र बनाउन सकिन्छ, खोजीको बिषय बन्न पुगेको छ ।

मुलुकमा संकट हुदाँ शैक्षिक गतिबिधीलाई नियमित सुचारु गरि रहनका लागि आधारभुत प्रबिधिका कुराहरु सवै बिद्यालयहरुमा ब्यवस्थापन हुन जरुरी छ भने अनलाइन कक्षा संचालनका लागि शिक्षक तथा बिद्यार्थीलाई समेत सो कुराको ज्ञान हुन जरुरी छ । हामी नजान्ने छौ र भन्ने प्रश्न पनि शिक्षक शिक्षिकाहरुले गर्न सक्नुहुन्छ, तर मैले देखेको सवै शिक्षक शिक्षिकालाई अनलाइन प्रबिधिका बारेमा पूर्ण ज्ञान नहुन पनि सक्छ । त्यसका लागि प्रशिक्षण तथा आवश्यक परामर्शको ब्यवस्था गरिनु जरुरी देखिन्छ ।

यस्तो अवस्थामा बिना तयारी, बिना पूर्वाधार र आवश्यक सामाग्री ब्यवस्थापन नगरी अनलाइन शिक्षा सुरु गर्ने वा प्रभावकारी भयो भनेर हल्ला नगरे नि हुन्छ । पहिला ती सवै शैक्षिक संस्थाहरुमा अनलाइन शिक्षा शुरु हुने बातावरण तयार गर्न तर्फ सरोकारवालाले ध्यान दिऔ ।

गत बर्ष कोरोना संकटका कारण प्रभावित बनेको शैक्षिक क्षेत्र यो बर्ष झन अन्यौलमा छ । काठमाण्डौ र सुबिधा सम्पन्न ठाउँहरुमा मात्र होइन, दुर्गम जिल्ला र त्यसका कुना काप्चा पनि बिद्यालयहरु छन ती सवै बिद्यालयहरु निजी बोडिङ स्कुलसँग तुलना गर्न सक्ने अवस्थामा पनि छैनन । त्यसैले त्यस्ता गाउँ घरका र कुना काप्चामा रहेका बिद्यालयका बिद्यार्थीहरुलाई समेत बैकल्पिक बिधीबाट कसरी अध्ययन गराउन सकिन्छ, त्यस तर्फ सरकार र सरोकारवाला निकायले दिर्घकालिन योजना तथा खाका बनाउन आवश्यक देखिन्छ ।

यदी यसो गर्न सकिएन भने सुबिधा सम्पन्न केही शैक्षिक संस्थाले शैक्षिक सुधारका नाममा अनलाइन शिक्षा सुरु गर्दैमा त्यो नेपाल भरी सफल भएको मान्न सकिदैन । अनलाइन शिक्षालाई दिर्घकालिन रुपमा प्रभावकारी बनाउन तयारी आवश्यक छ । गाउँघरका अभिभावक सवै प्रबिधि मैत्री नभएकाले तत्कालका लागि स्थानीय स्तरमा रहेका रेडियो तथा टेलिभिजनको प्रयोग गरेर पनि बिद्यार्थीलाई बिषयगत ज्ञान दिने बातावरण भने बनाउन सकिन्छ ।

बिहान बेलुकाको छाक टार्न समस्या हुने हाम्रा अभिभावकहरु पनि छन, उनीहरुले आफना छोराछोरीलाई दैनिक गुजारा गरेर पढन पठाई रहेका छन । उनीहरुलाई के थाहा अनलाइन शिक्षा भनेको । कति पय अभिभावकले बिद्युतीय उपकरणहरु त परै जाओस्, सामान्य मोवाइल समेत चलाएका छैनन । ती अभिभावकका छोराछोरीमा कसरी पुग्ला त अनलाइन शिक्षा, सवै पक्षले एक पटक मनन गरौ त ।

कोरोना संकटले निम्त्याएको शैक्षिक सुधार अहिले कै अवस्थामा अनलाइन शिक्षा मार्फत सम्भव देखिदैन । त्यसैले अहिले देखिएको समस्या समाधानका लागि अन्य केही उपायहरु सोचौ । अनलाइन शिक्षा प्रभावकारी हुनको लागि अझै पनि केही समय लाग्न सक्छ, अनलाइन शिक्षाका लागि पूर्वाधार के चाहिन्छ ? उपकरणहरु के के हुन ? शैक्षिक संस्थाहरुलाई त्यसका लागि कसरी बजेट दिन सकिन्छ ? अनलाइन शिक्षा चलाउन सक्ने आवश्यक जनशक्ति छन छैनन वा कति लाग्छ ? यस्ता बिषयमा पहिला सरकारी पक्षले ध्यान दिन जरुरी छ ।

अन्त्यमा कोरोना महासंकट चाडै सकिएर महिनौ अगाडीबाट शिक्षा लिनबाट बञ्चित बिद्यार्थीहरुले सहजरुपमा पठनपाठन गर्दे आफनो भविष्य बनाउन पाउन शुभकामना । सवै पक्ष कोरोना संक्रमण बढाउने होइन, नियन्त्रण गर्ने तर्फ लागौ, तपाई हाम्रो स्वास्थ्य हाम्रे हातमा छ, एक जुट बनौ ।

(कोइराला भोजपुरमा रहेर बिगत दुई दशक देखि पत्रकारिता पेशामा सक्रिय हुनुहुन्छ )

तपाईको प्रतिक्रिया