ब्राजिलका राष्ट्रपतिको दावी- ब्राजिलले अर्जेन्टिनालाई ५-० हराउँछ

एजेन्सी / कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले दाबी गरेका छन् ।

दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने दाबी गरे । अर्जेन्टिना समकक्ष अल्बर्टो फर्नाडीज सामू बोल्सनोरोले ‘ अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो, ब्राजिलले ५-० ले जित्नेछ ।’

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्दैछन । खेलको ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थियो भने टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया