मोरङको रंगेलीमा पुरुष मृत भेटिए

विराटनगर / घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुष साेमबार बिहान मृत फेला परेका छन् । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताल घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार घरबाट काममा जान भनेर निस्किएका थिए ।
घर नफर्किएको र परिवारका सदस्यसँग पनि सम्पर्कविहीन बनेपछि उनको खोजी थालिएको थियो । खोला किनारमा झाडीमा अड्किएको र घोप्टो परेको अवस्थामा उनको शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई बिहान ८:३० बजेतिर खबर गरेका हुन् । बाढी आएको खोला तर्ने क्रममा धिताललाई खोलाले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यद्यपि मृत्युको कारण खुल्न बाँकी छ । खोलाले बगाएर कि अरु नै कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि रंगेली अस्पताल ल्याएर घटनाको अनुसन्धान थालेको छ ।

एसईईको नतिजा सार्वजनिक

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

प्रतिक्रिया