थरकै कारण कोठाभाडा नदिने प्रधान र रुपा सुनारबीच यस्ताे थियाे फाेन सम्बाद

काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला रूपा सुनार र सरस्वती प्रधानबीचको कुराकानी भाइरल भएको छ । एक मिनेट भन्दा लामो अडियोमा उनीहरुले राम्रोसँग कुरा गरेको देख्न सकिन्छ । जातका कारण राख्न नमानेको भन्ने कुरा पनि अडियोमा खुलेको छ ।

बबरमहलकी घरबेटी प्रधान र सञ्चारकर्मी सुनारबीच भएको कुराकानीमा एक नयाँ कुरा खुलेर आएको छ । घरबेटी प्रधानले आफु जातपात नमान्ने पनि स्पष्ट पारेकी छिन् । तपाईंलाई जानकारी छ कि प्रधान पक्राउ परेर केहि दिन कारगार बसेर रिहा भैसकेकी छिन् । प्रमाण नपुगेको भन्दै उनको मुद्दा फिर्ता आएको हो । सुनार आफैंले प्रधानलाई फोन गरेकी छिन् । उनीहरुबीच भएको कुराकानी यस्तो रहेको छ :

रूपा सुनार–हलो
सरस्वती प्रधान–हजुर
रूपा सुनार–दिदी नमस्ते
सरस्वती प्रधान–नमस्ते
रूपा सुनार–हेलो (एकछिन अड्केर)
सरस्वती प्रधान–हजुर बोल्दैछु नानी
रूपा सुनार–ए अँ दिदी के भयो म दिउँसो आथे नि
सरस्वती प्रधान–अँ अँ
रूपा सुनार–अनी त्यहीँ त नि
सरस्वती प्रधान–कोठाका लागि
रूपा सुनार–हजुर हजुर अँ
सरस्वती प्रधान–ए कोठाका लागि अब यस्तो भयो नानी, हजुरमा छ हैन
रूपा सुनार–अँ
सरस्वती प्रधान–त्यहीँ भएर नमिल्ने भयो है नानी नरिसाउ ल
रूपा सुनार–ए केरे दिदी ?
सरस्वती प्रधान–हजुरमा छ त्यहीँ भएर चाँहिनी अब (हल्का अड्केर) सबै उ गर्छ के माले
रूपा सुनार–ए हजुरआमा हुँदा खेरी चाँही मतलब हाम्रो जातको मान्छेहरु बस्न नमिल्ने ?
सरस्वती प्रधान–अँ अँ अँ, हाम्लाई त केहि छैन, मालाई चाँही मिल्दैन्
रूपा सुनार–ए हे हे हे
सरस्वती प्रधान–है नरिसाउ ल नानी
रूपा सुनार–ए ल हुन्छ दिदी
सरस्वती प्रधान–अर्को छ भन्देखि साथिभाईमा यसो खोज्देउ हैन
रूपा सुनार–ए हुन्छ दिदी हुन्छ
सरस्वती प्रधान–आउ न कहिलेकाँही यसो आउ न है
रूपा सुनार–हुन्छ दिदी हुन्छ
सरस्वती प्रधान–लल

साभार श्राैत : जनबाेली

तपाईको प्रतिक्रिया