थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथै २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया