नगरसभामा ४ बर्षे फेहरिस्त : अन्तीम बर्ष भएकाले समिक्षा गर्न वाञ्छनीय ठान्छु !

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्व १७ करोड ४५ लाखको बजेट ल्याएकाे छ । उपमहानगरकी उपमेयर लक्ष्मी गाैतमलेले नवाैँ नगरसभामा बुधबार रु २ अर्व १७ करोड ४५ लाखको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

बजेट सार्वजनिकका क्रममा उनले कार्यकाल ११ महिना मात्र बाँकी रहेकाले अन्तीम नगर सभा भएकाे बताइन् । उनले अन्तीम नगर सभा भएकाले नगरसभा भिन्दै र विशिष्ट रहेकाे बताइन् । बजेट सार्वजनिक गर्दै उपमेयर गाैतलेले चार वर्षको अवधिमा गरेका काम फेहरिस्त समेत राखिन् । उनले भनिन्” वजेट, नीति कार्यक्रमका हिसावले यो अन्तीम सभा भएको कारण चार वर्षको अवधिमा हामीले समग्र गरेका विकास निर्माण सम्बृद्धि र सुधारका क्षेत्रमा के कति उपलब्धी हासील हुन सक्यो यस्को संक्षिप्त समिक्षा गर्न वाञ्छनीय हुने ठानेकी छु । तसर्थ यस सन्दर्भमा संक्षिप्त चर्चा गर्ने अनुमति चाहान्छु ।”

“विगत चार वर्षमा सिङ्गो नगर क्षेत्र भित्र पूर्वधार निर्माण तर्फ १०३.८३ कि.मि. कालो पत्रे सडक निर्माण भइसकेको छ भने ६५ कि.मी निर्माणधिन छन् चालु आर्थिक वर्ष समाप्त हुँदा १६६.८३ कि.मी कालो पत्रे सडक निर्माण भइ सक्नेछ । इन्टरलकिङ टायलस लगाएर ३४ कि.मी सडक निर्माण समपन्न भई सकेको छ । त्यस्तै १३५ कि.मी सडकलाई स्तरोउन्नती गरिएको छ भने कतिपय स्थान विशेषको आवश्यकता अनुसार आर.सि.सि ढलान गरी सडक निर्माण गरीएको छ । त्यस्ता सडकको लम्बाई २०२५ मिटर रहेको छ । पूर्वाधारको क्षेत्रमा सडक निर्माण र स्तरोउन्नती गरीएको कार्यवाट करीब करीब इटहरी हिलो र धुलो मुक्तनगर घोषणा गर्दा हुने स्थीती कायम भएको छ ।” वक्तव्यमा भनिएकाे छ “यो चार वर्षको अवधीमा २५७ वटा शैक्षिक संस्था तथा सार्वजनिक सरोकारका भवन निर्माण सम्पन्न भएका छन् ति सम्पन्न भए मध्ये केही हामी आफैले पूर्ण लगानीमा निर्माण गरेका छौ भने कतिपय सार्वजनीक भवन निर्माणमा हामीले सहयोग गरेका छौ ।नगर क्षेत्र भित्रका अति आवश्यक पर्ने पुल तथा कल्भर्ट निर्माण गर्ने कार्यमा तिव्रता दिइएको छ जस्का कारण ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेको छन् भने नगरका रणनितिक महत्वका चारवाट पुल निर्माण प्रकृया सुरु भएको छ ।”

स्वास्थ्य क्षेत्रमा प्राथमीक स्वास्थ्य केन्द्रको स्तरमा रहेको स्वास्थ्य संस्थालाई इटहरी अस्पतालमा स्तरोउन्नती गरीएको छ । स्तरोन्नती पश्चात चौवीसै घण्टा इमेरजेन्सी सेवा संचालनमा ल्याइएको छ । अस्पतालमा विद्यमान ल्यावलाई स्तरउन्नती गरीएको छ भने डिजीटल एक्स्रे तथा भिडियोएक्स्रे सेवा, इ.सी.जी सेवा अक्सीजीन कन्सलटेशन सेवालाई संचालनका साथै वर्थिङ सेन्टर सेवाको स्तरउन्नती समेत गरीएको उपमेयर गाैतमले बताइन् ।

उनले भनिन् “पाँच जना चिकित्सक सहित ५८ जना कर्मचारीले सेवा प्रदान गरीरहेका छन् भने दुई वटा एम्बुलेन्सबाट नि:शुल्क सेवा प्रदान गरीएको छ । अस्पताललाई थप माथिल्लो स्तरमा लैजान ३ तले २३ कोठे भवन निर्माण कार्य प्रारम्भ भएको छ भने अहिले सम्म इटहरी अस्पताल मार्फत ९० हजार ८५ जना इटहरीवासीले स्वास्थ्य विमा कार्यक्रमको सुविधा प्राप्त गरी सकेका छन् भने १४ वटा वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि भवन निर्माण कार्य भइरहेको छ र ति स्वास्थ्य केन्द्र मार्फत आगामी आर्थीक वर्ष देखि सेवा प्रबाह सुचारु गरीनेछ ।”

“उपमेयर आत्मनिर्भर कार्यक्रम संचालन गरी अहिले सम्म ४८७ जना महिलाहरु प्रत्यक्ष रुपमा उद्यमी र आत्मानिर्भर बनेका छन् । लैङगीक हिंसा नियन्त्रणका लागि वडा स्तरमा लैङ्गिक हिंसा विरुद्ध प्रतिरक्षा समुहलाई सकृय बनाइएको छ यस्ता कार्यवाट बालबिबाह, अनमेल बिबाह लगायत अन्य प्रकृतिका महिला हिंसा नियन्त्रणमा सहयोग पुगेको छ । विपन्न परिवारका सुत्केरीहरुलाई पौष्टिक आहारावाट सहयोग पुग्न सकोस भन्ने हिसावले संचालित उपमेयर सुत्केरी भेटघाट कार्यक्रम वाट १३० जना महिलाहरु लाभान्वीत भई सकेका छन् ।युवाहरुको मानसिक तथा शारीरीक विकासका लागि महत्वपूर्ण मानिने खेल क्षेत्रको विकासका लागि मेयरकप प्रतियोगीता, मदन भण्डारी गोल्ड कप, फुटबल, वास्केटबल , भलिबल, कराते, क्रिकेट, उसु, तेक्वान्दो लगायतका खेल क्षेत्रमा हामीले कार्यक्रम संचालन गर्ने प्रयत्न गर्यौ पहिलो र दोश्रो वर्ष मेयर कप प्रतियोगिता सम्पन्न भए दोश्रो आर्थिक वर्ष महिला फुटबल प्रशिक्षण समेत सम्पन्न गरीयो तर गतवर्ष र चालु वर्ष कोभिडका कारण विभिन्न प्रतियोगिताहरु सम्पन्न हुन नसकेको तथ्य सम्मानीत सभा समक्ष निवेदन गर्न चाहान्छु ।” वक्तव्यमा भनिएकाे छ ।

निर्वाचित भएर आउँदा अत्यन्तै साँघुरो प्रशासनिक भवनको चुनौतीबाट मुक्त हुन कार्यपालिकाको कार्यालय भवनलाई विस्तार गरी करौडौ रकम खर्च गरेर नगरपालिकाको नयाँ भवन बनाउँदा लाग्ने खर्च बचाउन आवश्यक प्रयत्न गरिएको छ । कार्यालयबाट संचालन गरिने कार्यक्रम र सार्वजनिक खरीदमा हुन सक्ने सम्भावित अनियमिततालाई रोक्न आवश्यक कानूनी व्यवस्था गरी पारदर्शिता र निश्पक्षतालाई कडाईका साथ कार्यान्वयन गरिएको छ । भ्रष्टाचार र अनियमितता मुलुकको ठूलो र घातक रोग हो । यसका विरुद्ध जुदेर नियमित पारदर्शिता र निष्पक्ष नगर प्रशासन संचालन गर्न आफै एउटा महत्वपूर्ण चुनौती भएकाे उल्लेख गरिएकाे छ ।

नेपालको संविधानले नै स्थानीय तहलाई समेत आफ्नो क्षेत्राधिकार भित्र रहेका आवश्यक कानूनहरु जस्तै ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड पारित गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको तथ्य हामी सबैलाई अवगत नै छ । विधीको शासन मार्फत शासन संचालन गर्नु लोकतन्त्रको एउटा मुख्य आधार हो । शासकिय प्रणालीलाई पारदर्शि स्वच्छ, स्वस्थ्य, निष्पक्ष र नियमित बनाउनु कानूनको परिधी भित्र रहेर हरेक कार्य अगाडी बढाउनु अनिवार्य हुन्छ । यस अर्थमा हामीले इटहरी उपमहानगरपालिकाको विधिलाई स्थापित गर्न धेरै ऐन, नियम, कार्यविधि, निर्देशिका, मापदण्ड पारित गरी कार्यान्वयन गरेका छौं । हामीले पारित गरेका कानूनहरु मध्ये ऐन २८ वटा, नियमावली १२ वटा, कार्यविधि १४ वटा, मापदण्ड २ वटा र निर्देशिका समेत गरी जम्मा ६० वटा कार्यान्वयनमा गई सकेको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया