बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक

काठमाडौं / जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने आराेपी प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हाे ।

सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । जबरजस्ति गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचेर मृतककै सलले बेरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि पछि अनुहारमा ढुंगाले प्रहार गरेको प्रहरीको भनाइ रहेकाे छ ।

मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया