प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी

काठमाडौं / प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ । बिहिबार प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।

विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको तर्फबाट बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले बहस शुरु गरेका छन् ।

शेर बहादुर देउवाको तर्फबाट २ सय ६९ जना कानुन ब्यवसायीले वकालत नामा बुझाएका छन् । वकालतनामा सँगै कानुन ब्यवसायीलाई बहस नोटमा पनि हस्ताक्षर गराईएको छ । वकालतनामा बुझाएका कानुन ब्यवसायी मध्येबाट इजलासले दिएको समयसिमा भित्र छानिएका कानुन ब्यवसायीले बहस गर्नेछन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरामा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया