कोरोनाको दोस्रो वर्ष ८३ प्रतिशतले घट्यो पर्यटक

हालै संयुक्त राष्ट्र संघ (संरासं) मातहत रहेको ‘विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लुटिओ)’ ले प्रकाशित गरेको सन् २०२१ को पहिलो तीन महिना (फस्र्ट क्वार्टर) मा विश्वमा कति पर्यटकहरुले भ्रमण गरे ? भनी एक तथ्यांक प्रकाशित गरेको छ । सो तथ्यांकअनुसार सन् २०२० को जनवरी, फेब्रुअरी र मार्च महिना (फस्र्ट क्वार्टर) को तुलनामा सन् २०२१ को पहिलो तीन महिनाको जनवरी, फेब्रुअरी र मार्च महिनामा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ८३ प्रतिशतले कम रहेको छ । ‘विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लुटिओ)’ ले प्रकाशित गरेको सो पछिल्लो तथ्यांकअनुसार सन् २०२१ को पहिलो तीन महिनामा विश्वमा एक सय ८० मिलियन अर्थात् १८ करोड मानिसहरु ‘पर्यटकको रुपमा विश्वका विभिन्न देश भ्रमण गर्न निस्केका छन् ।

यसरी हेर्दा सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण पूर्वी राज्य हुपेईको राजधानी वुहान सहरबाट फैलिन सुरु भएको ‘नोभेल कोरोनाभाईरस’/‘कोभिड १९’को पहिलो लहर, दोस्रो लहर र, तेस्रो लहर (कतैकतै चौथौ लहर पनि आउने संभावाना रहेको वा एचआईभी/एड्स जस्तै दीर्घकालसम्म पनि रही रहन सक्ने !) पैmलिरहेकोले गर्दा विगतका दुई वर्ष विश्वभरि नै पर्यटन र पर्यटकीय गतिविध ठप्प भएको अवस्था छ ।

त्यसो त विश्वको बाह्य पर्यटनमा यस्तो स्थिति रहेको भए तापनि चीन, रुस, अष्ट्रिया, अमेरिका ब्राजिल, भियतनाम, मलेसिया, जापान, दक्षिण कोरिया, मकाउ, जर्मनी, फ्र्रान्स, पोर्चुगल, बेल्जियम, चेक गणतन्त्र, साउदी अरब, युनाइटेड अरब ईमिरेट्स (युएई), टर्की, बेलारुस, युक्रेन, नर्बे, मालिदभ्स्, साईप्रस, ओमान, बहराइन, थाईल्यान्ड, इटली आदि देशहरुले आप्mना देशका नागरिकहरुलाई आन्तरिक पर्यटनलाई महत्व दिएर, आप्mनै देशभित्रको पर्यटकीय महत्वका ठाउँहरु जस्तै, ऐतिहासिक महत्वका ठाउँहरु, सांस्कृतिक महत्वका स्थानहरु, डाँडो, किल्ला (फोर्ट), अ‍ेनक सम्पदा रहेका ठाउँहरु, प्राचीन महत्व बोकेका स्थल तथा स्मारक लगायतमा घुमफिर गर्न ती देशका सरकारले नै प्रोत्साहन गरेर आन्तरिक पर्यटनलाई सकेसम्म चलायमान बनाएका छन् ।

निनाम कुलुङ ‘मंगले’

हाम्रो देशले पनि यो वर्ष (सन् २०२१) आन्तरिक पर्यटनलाई प्रवद्र्घन गर्न भनी नेपाल सरकारको अर्थ मन्त्री विष्णु पौडेल ज्युले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा ‘सरकारी कर्मचारीलाई १० दिनको तलब काजमा दिएर आन्तरिक पर्यटन वृद्घि गर्ने व्यवस्था मिलाईने छ ।’ भनिएको छ । सरकारको सो घोषण व्यवहारमै लागू होस् भन्ने कामना गरौं । त्यसका लागि नेपाल सरकारका निजामती कर्मचारी मात्रै नभएर जंगी, संस्थान, निगम, सरकारी तथा निजी विद्यालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक/प्रोफेसर, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजिओ, एनजिओ, निजी कम्पनी उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्नेहरु सबैसबैलाई आन्तरिक पर्यटकको रुपमा देशको धार्मिक, सांस्कृतिक, प्राकृतिक, जातीय विविधताको महत्व भएको गाउँ–ठाउँ, भाषिक विविधता भएको गाउँ–ठाउँ, वन्य–जन्तु अवलोकन, चरा पर्यटन, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाईडि– बञ्जी जम्पिङ, र्याप्mटिङ, कायाकिङ लगायत अन्य पर्यटकीय महत्वका स्थानह ऐतिहासिक महत्वका ठाउँहरु जस्तै पूराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिक रुपमै बग्दै आएका झरना, छहरा, छाँगा लगायत अन्य स्थानहरुमा भ्रमण गर्न जानका लागि सरकारले जसरी ‘सरकारी कर्मचारीलाई १० दिनको तलब काजमा दिएर आन्तरिक पर्यटन वृद्घि गर्ने व्यवस्था मिलाईने छ ।’ भनी घोषण गर्नु भएको छ । सरकारले सो घोषणालाई घोषणामै सीमित नगरेस् ! बरु नेपाल सरकारका निजामती कर्मचारी मात्रै नभएर माथि उल्लेख गरिएका ‘जंगी, संस्थान, निगम, सरकारी तथा निजी विद्यालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक/प्रोफेसर, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजिओ, एनजिओ, निजी कम्पनी उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्नेहरु सबैसबै’लाई आन्तरिक पर्यटकको रुपमा देशको धार्मिक, सांस्कृतिक, प्राकृतिक, जातीय विविधताको महत्व भएको गाउँ–ठाउँ, भाषिक विविधता भएको गाउँ–ठाउँ, वन्य–जन्तु अवलोकन, चरा पर्यटन, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाईङि बञ्जी जम्पिङ, र्याप्mटिङ, कायाकिङ लगायत अन्य पर्यटकीय महत्वका स्थानह ऐतिहासिक महत्वका ठाउँहरु जस्तै पूराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिक रुपमै बग्दै आएका झरना, छहरा लगायत अन्य स्थानहरुमा भ्रमण गर्न जानका लागि प्रोत्साहन गरे अझ राम्रो हुन्छ । त्यसका लागि सरकारले ‘संस्थान, निगम, सरकारी तथा निजी विद्यालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक/प्रोफेसर, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजिओ, एनजिओ, निजी कम्पनी उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्ने सबैलाई नेपालको कुनै पनि ठाऊँमा आन्तरिक पर्यटक भएर घुम्न जान चाहेमा वा गएमा उनीहरुलाई केही न केही सहुलियत वा सेवा सुविधा थप गरिदिँदा राम्रो हुने देखिन्छ ।

नेपालका सरकारी कर्मचारीहरुले सरकारको सो सहुलीयत र सेवा सुविधालाई दुरुपयोग नगरुन् भन्नाका लागि उनीहरु जुन क्षेत्रमा जान्छन्, सो क्षेत्रको फोटो, भिडियो, होटल वा लजमा बसेको र खाएको बिल पनि पेश गर्नेपर्ने वाध्यतामक व्यवस्था गर्नुपर्छ । अन्यथा देशको कुनै ठाउँमा घुम्न जाने भनेर ससुराली घर, मामा घर, आफन्तको घर, नातागोताको घर घुम्न जाने र, गर्लफ्रेन्ड/ब्याईपे्रmन्डडसँग घुम्न जाने घुमाउन जाने गरेर दुरुपयोग गर्न बेर छैन !

त्यसो त नेपाल पर्वतीय पर्यटनमा पनि विश्वभरि नै प्रसिद्घ रहेको छ । हुन पनि हिमालय पर्वतमालाको २४ सय किलोमिटरमध्ये लगभग १६ सय किलोमिटर नेपाल सरहदभित्रै पर्छ भने हाम्रो देश नेपालभित्रै विश्वका ८ हजार मिटर अग्ला हिमाल जो १४ वटा छन्, सौभाग्येले गर्दा ती मध्ये ८ वटा त नेपालमै रहेका छन् । त्यसैले त नेपालमा पनि कोरोना महामारीको दोस्रो लहरले ‘त्राहीमाम, त्राहीमाम !’ बनाइ रहेको यो समयमा पनि यो वर्षको वसन्त ऋतु अर्थात् वसन्त याममा नेपाल सरकारले सगरमाथाका साथै नेपालका अन्य हिमालबाट पनि विभिन्न देशका पर्वतारोहीहरुलाई नेपालका हिमालहरु आरोहण गर्न अनुमति दिएवापत लिने गरेको सलामी दस्तुरबाट मात्रै लगभग ७२ करोड नेपाली रुपैँया बराबरको आमदानी गरेको छ । त्यसरी पर्वतारोहणबाट हुने आमदानीमा ८८ प्रतिशतदेखि देखि ९० प्रतिशतभन्दा बढी आमदानी सगरमाथा हिमालबाट हुने गरेको छ ।

जस्तो यो वर्षको वसन्त याममा समग्र पर्वतारोहण क्षेत्रबाट सरकारले गरेको आमदानी (पर्वतारोहीहरुलाई हिमाल आरोहण गर्न दिने अनुमतिपत्र जारी गरेवापत लिने रोयल्टी मात्रै) जुन ७२ करोड नेपाली रुपैयाँ चानचुन छ, सो मध्ये ६६ करोड ७१ लख रुपैयाँ त सगरमाथा एउटै हिमालबाट कमाई भएको छ । यसरी हेर्दा नेपालमा यो वर्षको वसन्त याममा नेपालका विभिन्न २० वटा हिमाल आरोहणका लागि विभिन्न देशका ८५ वटा आरोहण दलका ७४२ जना सदस्यहरु हिमाल आरोहणका लागि नेपाल सरकारबाट परमिट अर्थात् अनुमतिपत्र लिएका थिए/छन् । तर, दु:खको कुरो, जतिवेला पर्वतारोहीहरु नेपालको विभिन्न हिमाल आरोहणका लागि जाँदै थिए, त्यो वेला नेपालको सहरबजार (काठमाण्डौ लगायत) मा कोरोना कहरको दोस्रो लहर चली रहेको थियो । अहिले दोस्रो लहर चलेर पनि मत्थर होला कि भन्ने अवस्थामा छौं, हामी ।

उता यही वर्ष सगरमाथाको आधार शिविरमा इतिहासकै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा ३८२ जनाले सगरमाथा चढ्नका लागि अनुमति लिएका थिए) धेरै ४०८ जना पर्वतारोहीहरुले सगरमाथा सफलता पूर्वक चढ्नका लागि अनुमति लिएर व्यग्रताका साथ प्रतिक्षारत थिए/छन् । तर, जुन महिनाको पनि १२/१३ तारिख भई सकेकोले हुनाले यो वर्षको सिजनमा सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्न चाहनेहरुले पर्वतारोहीहरुले अपेक्षित सफलता भने पाउने छैनन् ।

तपाईको प्रतिक्रिया