प्रदेश १ : नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबारको प्रदेशसभामा स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले ल्याउने चौथो नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना तयार पारिएको छ ।

गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको स्थापना गरिने प्रदेश प्रमुख प्यासीद्धारा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारको योजना छ ।

तपाईको प्रतिक्रिया