सांसद दीपक मनाङ्गेलाई भेट्न गएका गणेश लामा पोखरबाट पक्राउ

काठमाडौं । पोखराबाट गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा पुग्नु भएका लामालाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा पुग्नु भएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले समातेको हो । पक्राउ परेका लामालाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको हो ।

फायल तस्विर

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न समेत अनुपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया