भारतमा एकैदिन थपिए ६ हजारभन्दा धेरै मृतक

एजेन्सी / भारतमा एकैदिन कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ हजार १४८ ले बढेको छ । बिहारको सरकारले आफ्नो तथ्यांक सच्याउँदै ३ हजार ९५१ मृतक संख्या थपेको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यो तथ्यांकसँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया