बिहे भोजबाट घर फर्कने क्रममा युवकको हत्या

रुपन्देही / धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा आइतबार बिहान फेला परेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक युवा गएराति ११ बजेसम्म छिमेकीको विवाह भोजमा रहेको खुलेको छ ।

उक्त नगरपालिकाको वडानम्बर ४, मनौरा टोलका ३५ वर्षीय महेन्द्र यादवको शव आइतबार बिहान एक महिलाले देखेर खबर गरेकी थिइन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार यादव गएराति ११ बजेसम्म छिमेकमा एक विवाह भोजमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्या कसले र किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

उक्त वडाका वडाध्यक्ष विनोदकुमार श्रीवास्तवका अनुसार यादवलाई ११ १२ बजेको समयमा घर फर्किने बेलामा ४ ५ जना मानिसले समातेर लगेर हत्या गरेको आशंका गरिएको छ ।मृतक यादवका आमा, बुबा, श्रीमती, दुई छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया