बेलबारी ११ भाङबारीमा २४ घण्टा नबित्दै श्रीमान श्रीमतीको मृत्यु

बेलबारी । भनिन्छ जन्म,मृत्यु र विवाह जन्म अघिनै लेखिएको हुन्छ,अझ विवाह पछि त सँगै बाँच्ने र सँगै मर्ने कसम समेत खाईन्छ । तर बाँचुञ्जेल सँगै भएपनि मृत्यु भनेचाँहि फरक समयमा नै हुने गरेको छ । तरपनि मोरङको बेलबारी ११ भाङबारीमा भने एक पौडेल दम्पत्तिले २४ घण्टा नबित्दै यो संसार छोडेका छन ।

लामो समयदेखि नशा सम्बन्धी रोगबाट पिडित बनेर थलिएकी श्रीमतीको मृत्यु भएको २४ घण्टा पनि नबित्दै दम रोगबाट पिडित श्रीमानले समेत शुक्रबार यो संसार छोडेका छन । यो घटनाले परिवार,आफन्त र छिमेकीहरु शोकमा त परेका छन ने यो घटनाले सबै आश्चर्ममा समेत परेका छन ।

छिमेकीहरु भन्छन,यस्तो पनि हुँदो रहेछ हामीले कहिँ कतै घटना सुनेको मात्र थियौँ तर आँखै अगाडी देख्न पायौँ । श्रमतीको बिहिबार स्थानीय केशलिया घाटमा अनत्येष्टि गरिएको छ भने शुक्रबार सोही घाटमा श्रीमानको समेत अन्त्येष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया