सङ्खुवासभा मादीमा किरियापुत्री बसेका दम्पतीद्वारा आगाे लगाइ गरे आत्महत्या

संखुवासभा / सङ्खुवासभाको मादी नगरपालिका-५ मा किरियापुत्री बसेका एक दम्पतीले आत्महत्या गरेका छन् । मादी नगरपालिका वडा नं.५ च्याङरिङ स्थित राजेन्द्रवावु दाहाल र कमला भण्डारी दाहालले गत राती १ बजे घरका सबै झ्यालढाेका थुनेर आफ्नाे शरिरमा आगाेलगाई आत्महत्या गरेका हुन् ।

बुबा कृष्णप्रसाद दाहालको सात दिनअघि निधन भएपछि चार छोरा र छोरीहरु मूल घरमा काजकिरियामा बसेका थिए । राजेन्द्र र कमला बिहीवार आफ्नै घरमा रहेका बेला राति आगलागी भएको खबर आएकाे मादी नगरपालिका–५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए ।

मृत्यु हुनेमा ४७ वर्षिय राजेन्द्र वाबुदाहाल र ४४ वर्षिय कमलाभण्डारी दाहाल रहेका इलाका प्रहरी चौकी चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् । आगलागीबाट गम्भीर घाइते भएपछि ओखरबोटे बजार ल्याउँदै गर्दा उनीहरुकाे बाटैमा ज्यान गएको वडाध्यक्ष दाहालले बताए ।

सुमन दाहालकाे सहयाेगमा

तपाईको प्रतिक्रिया