विवाह, सुहागरात र विदेश

याेजना थिएन विहे गर्ने । बाबू अामाले कर गरे । बाध्यता पर्याे । तीन महिनाकाे छुट्टि थियाे । यताउता गर्दा गर्दै एक महिना बितिसकेकाे थियाे । घरकालार्इभन्दा पनि बाहिरकालार्इ चासाे बढी । छाेड्दै छाेडेन्न । केटी हेर्न जानू पर्याे ।

केटीकाे यति गुणगान गाए सुन्दै झर्काे लाग्ने । ठूला मान्छेकाे मान राख्न पनि जानै पर्ने बाध्यता थियाे । पहिलाे दिन यतिकै कुरा बुझ्ने, केटालाई मन परेपछि मात्र खबर गर्ने सल्लाह भयाे । म माैन रहें । उनीहरूले माैनता स्वीकृति सम्झे त्यसै अनुसार केटीकाे घरमा पुग्यौं । हेरेकाे चाथाे दिन केटी अर्कै केटासँग भागि छ । साथीहरूकाे समूहमा हाँसाेकाे पात्र बन्न पुगें ।

फेरि अर्की केटी हेर्न जाने भनेर अाफन्तकाे खबर अायाे । जान्न भन्दा घरमा झगडा पनि भयाे । अनेक कुरा सुनाउन थाले । मर्नु भन्दा बाेहुलाउनु नै बेस ठानेर केटी रेर्न तिर लागें । केटी देखाउनेले याे पटक केही भनेनन् गएपछि सबै थाहा हुने बताए । केटीकाे घरमा पुगियाे । पहिल्यै खबर गरेकाे भएर हाेला सबै तयारी भइसकेकाे रहेछ ।

केटी राम्रै लाग्याे । +2 गरेकी, अाफू एसएलसी कटाउन नसकेर विदेश छिरेकाे । घर सबै यसैकाे भरमा चलेकाे, सिलस्वभाव पनि राम्राे, श्रीमानकाे राम्राे ख्याल राख्न सक्ने, यताउता लपनछप्पन केही नभएकी भन्दै केटीका बाउअामाले तारिफ गरे । सुन्दा ठिकै लाग्याे । एक पटक गर्नु नै छ भने यसैसंग किन नगर्ने त ।

साथीहरू विदेशमा काम गर्दा विहे पछिका अनेक कहानी सुनाउँथे । मन मनै विहे गराैं गराैं हुन्थाे । नेपाल अाएपछि भने साेच्न बाध्य भएकाे थिएँ । एक मनले विहे गरेरै जाउँ भन्थाे भने अर्काे मनले २-४ बर्ष बसेर अाउँ अनि ढुक्कले विहे गर्नु पर्ला अनि यतै बसेर केही गर्नु पर्ला जस्ताे लाग्थाे । अाफन्तकाे कुरा नकारन सकिन । माैनतालाई उनीहरू हुन्छकाे स्वीकाराेक्ति माने ।

छुट्टि बाँकी डेढ महिना जति थियाे । ईनगेजमेन्ट भयाे । लगन जुर्याे विदेश जानू भन्दा १० दिन पहिला । त्याे लगनभन्दा पहिला विहे गरे दाम्पत्य जीवन लामाे समयसम्म नटिक्ने पण्डितले भविष्यवाणी गरे । फेरि माैन भएं । आफन्तहरूले मेराे माैनतालार्ई हुन्छ सम्झे । विवाहकाे तामझाम सुरू भयाे । खाना पिना, सरसामान किन्ने निम्ता गर्ने सबै सकियाे ।

जन्ती लान घरमा गाडी । सबै जना तयार भए । चिटिक्क परेर अाएका । विहे गर्नेलाईभन्दा उनीहरूलाई बढी विहे लागेकाे थियाे । माैनता नै स्वीकार्कती थियाे । सबै रीतिरिवाज अनुसार कर्मकाण्ड अगाडि वढ्याे । जन्तीले गाडी भरिइ सकेकाे थियाे । दुलहा बस्ने ठाउँ पनि थिएन । ठूलाबढाले दुलहालाई त बस्न दिनु भन्दै ब्यांग्य गरे । सबै गललल हाँसे । ब्यांग्यकाे पात्र भएकाे अनुभुति भयाे ।

विहेकाे तामझम गरिदिनेले मलाई अनेक कुरा सम्झाउँदै थिए । बुझ्ने प्रयास गर्दै थिएं । साथीभाइ अाफ्नाे जाेडा खाेज्ने भन्दै अनेका थरिका कुरा गर्दै थिए । जन्ती जाने केटीहरूकाे अनेक तामझाम वाक्कै लाग्ने । अनुहार नियाल्दा सबै खुसी थिए म के थिएं अाफैलाई थाहा थिएन । म माैन थिएं । याे माैनतालाई उनीहरू लाज ठान्थे । विहेपछि सबै ठीक हुने भन्थे ।

विहेकाे कार्यक्रम सकियाे । अबेर राति घर फक्र्यौं । घरमा मेराे भन्दा नयाँ अाउने दुलहीकाे तिब्र प्रतिक्षा थियाे । गृह प्रवेश, मुखदेखाई अनेक रसम सुरू भयाे । दिनभरकाे तनावले निकै थकान भएकाे थियाे । काेठामा पसेर खाटमा पल्टेको भुसुकै निदाएछु । बिहानै सबेरै अाँखा खुले । छेउमै उनी सुतिरहेकी थिइन । टेबलमा खाना र १ गिलास दूध राखिएकाे थियाे ।

घडी हेरेकाे साढे चार भएकाे रहेछ । एउटा बल्यांकेट थियाे जुन मैले अाडेकाे थिए । उनीले जाडो महशुस गरे जस्ताे लाग्याे । बल्यांकेट अाेडाइ दिएं । पुनः सुत्न मन लागेन । उठेर फेसबुक तिर अाँखा डुलाएं । साथीभाइले मेराे विवाहकाे तस्बिरहरू फेसबुकमा अपलाेड गरिसके छन् । अनेक तरहका स्ट्याटस र कमेन्ट, हेर्नै मन लागें ।

एकाेहाेराे के साेचेर बसिरहेकाे थिएं । माेबाइलकाे रिंगटाेनले सातै लग्याे । उनीकाे माेबाइल थियाे । छामछुम गर्दै उठाइन । फाेन अामाकाे हुनु पर्छ, मेराे अनुमान त्यही थियाे । सायद उनले छाेरीलाई पहिलाे दिन गर्नुपर्ने कुरा सम्झाइन । सबै सम्वाद हुन्छ भन्नेमा नै सकियाे । म नजिकै अाएर खुट्टा छुन खाेजिन् । मलाई यस्ताे मन नपर्ने बताएं । उनी दाेधारमा परिन् । दुवै माैन भयाैं । ब्यागबाट कपडा झिकेर बाथरूम तर्फ लागिन्।

विहान पूजापाठ गर्ने कार्यक्रम थियाे । त्यसपछि भाेजभतेर हुने । साँझ दुरान फर्काउन जाने कुरा तय भयाे । सबै भाेजभतेरमा व्यस्त भए । सबै काम सकेर साझ उनीकाे घरतिर लाग्याैं । उता तिब्र प्रतिक्षामा थिए । ढाेगभेट, कस्ताे कस्ताे नरमाइलाे जस्ताे लाग्याे । छिमेकीकाे मेला लाग्याे । मलाई भने जेल परे जस्तै हुँदै थियाे । फेरि माैन रहें । उनीहरू नयाँ भएर संकाेच मानेकाे सम्झे ।

साझ घर फर्कियाैं ज्यान सास अायाे । साथीहरू छुट्टै पार्टी भन्दै थिए । मैले नाइनास्ति गरिन । सबै जम्मा भए, मेरै पैसाले टुन्न भए मेरै खिल्ली उडाए । फेरि म माैन भएं । साथीहरू व्यवहारिक भएकाे सम्झे । अबेर घर पुगियो । अभिभावक रिसाए । समयमा घर अाउनु अब, तेराे विहे भइसक्यो परिवारलाई पनि समय दिनु पर्ने भन्दै सम्झाए ।

मनमा अनेक कुरा खेल्न थाले । माेबाइल, फेसबुक, गीत, ल्यापटप, केही कुरामा मन भुलेन । छट्पटी भयाे । दस जनाका दस थरी कुरा वाक्कदिक्क लाग्याे । उनी अाइन । ध्यान उतै खिचियाे । विहेपछि श्रीमतीले श्रीमानकाे लागि प्रत्येक दिन दूध लिएरu अाउंछन भन्ने सुनेकाे, हातमा दूध थिएन । उनी अलग्गै बसिन, मुख निन्याउराे थयाे । कारण जान्न खाेजं, महिनावारी भएकाे भन्ने उत्तर अायाे । महिनावारी हुँदा श्रीमान श्रीमती एकअर्कालाई नछुने चलन छ । उनी भुइँमा सुतिन । म बेडमा पल्टिएं ।

विदेश जाने दिन नजिकिँदै थियाे । वदेशमा रहेका अाफन्तहरूले नासाे ल्याइदिन थाले । यताउता गर्दा गर्दै जाने दिन पनि अायाे । श्रीमान श्रीमती बीचकाे सम्बन्ध स्थापिथ हुन पाएन । विहे गरेकाे साताैं दिन साँझ काठमाडौं तिर लागें । अाठाैं दिन अाराम गरियाे र नवाैं दिनकाे साँझ उडियाे । मेराे विवाह भाइरल भइसकेकाे थियाे ।

विदेशमा सबै उस्तै उमेरका । राेकटाेक गर्ने काेही हुँदैन । लाज शरम कम हुन्छ । साथीहरू विहेकाे पहिलाे रातकाे विषय काेट्ए । अनुहार राताेपिराे भयाे । केही बाेलिन, उनीहरू अाफैं अनुमान लगाए म लजाएकाे । पहिला पहिला यस्तै हुने पछि बानी पर्दै जाने भन्दै सम्झाए । कसैले विचरा एउटी केटीकाे चाहना कुल्चेर अाएकाे भन्दै हप्काए । माैन रहें । उनीहरूले, विहेपछि श्रीमतीकोकाे यादमा गम खाएकाे बुझे ।

घरमा फाेन गर्दा बुहारी एकदम खास्साकि छ भनेर सुनाउथे । अनेक गुणगान हुन्थ्याे । उनले पनि कहिल्यै कुनै गुनासाे गरिनन् । केही चाहिन्छ कि भन्दा कुनै कुराकाे रहर न भएकाे बताउँथिन् । केही पठाउन पनि झन्झट, ठिकै ठान्थे । दुई बर्ष कट्याे । घर फर्किने मिति तय भयाे । खबर गरे सबै खुसी भए ।

कस्ताे नरमाइलो लाग्ने विदेशबाट फर्किने बित्तिकै नेपाल । मान्छे पनि अनाैठा र फाेहरी देखिने । अाफ्नै देश हाे माया लाग्छ । बाबा लिन अाउनु भयाे । १० बजेतिर घर पुग्गियाे । घरमा सबै थिए उनी थिइनन् । विहान सबेरै अर्कै केटासंग पाेइला गइछ अामाले जानकारी दिनु भयाे । फेरि माैनता छायाे । साेचें, फेरि एकपटक हाँसाे पात्र बन्दै छु । साभार श्राेतः नेत्र पाैडेल, नेपाल अाज

तपाईको प्रतिक्रिया