दरबार हत्याकाण्डभित्र लुकेको रहस्य

काठमाडौं /  राजा वीरेन्द्र सहित उनको परिवारको हत्या भएको २० वर्ष बितेको छ । विश्वलाई नै स्तब्ध बनाउने गरी भएको यो हत्याकाण्ड नेपालको इतिहासमा सबैभन्दा क्रुर दरबार हत्याकाण्डका नामले परिचित छ । रहस्यमय ढंगबाट २५ हजार सेनाको सुरक्षा घेराभित्र गराइएको यो हत्याकाण्ड पछाडि आखिर कसको हात थियो र किन हत्या नै गराउनुप¥यो भन्ने जिज्ञासा आज पनि जनमानसमा त्यतिकै ताजा र स्मरणीय छ ।

दरबार हत्याकाण्डको कडीलाई एकपछि अर्को जोडेर सत्यको नजिक पुग्ने प्रयत्न गर्दा बिदेशी गुप्तचर एजेन्सी भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरीकी गुप्तचर संस्था सिआइएको ‘ज्वाइन्ट अप्रेशन’ थियो भन्ने निश्कर्षमा पुग्न सकिन्छ । राजा वीरेन्द्रको वंश विनाश नगरेसम्म नेपालबाट राज संस्था प्mयाँक्न नसक्ने र हिन्दु अधिराज्य हटाउन नसक्ने भूराजनीति कै कारण यो हत्याकाण्ड गराईएको थियो भन्ने कुरा पछिल्ला नेपालका राजनैतिक घटनाक्रम र विदेशी हस्तक्षेपले प्रष्ट हुन्छ ।

दरबार हत्याकाण्ड नजिकबाट देख्ने प्रत्यक्षदर्शीहरुले हत्याकाण्ड तत्कालिन युवराज दीपेन्द्रले नै गरेको बताउँछन् । तर तत्कालिन युवराज दीपेन्द्रले आप्mना आमा बुबा सहित सम्पूर्ण परिवार नै नाश हुनेगरी हत्याकाण्ड किन गरे ? दरबार हत्याकाण्डमा भारतीय गुप्तचर संस्था ‘रअ’र सिआइएको एक तालिम प्रप्त दस्ताबाट गराइएको थियो । दीपेन्द्र त एउटा मोहरा मात्र बनेका थिए । दीपेन्द्रलाई एउटा प्रेम जालमा फसाएर उत्तेजित औषधीको सेवन गराएर हत्याकाण्ड गराइएको थियो । यसमा तत्कालिन शाही नेपाली सेनाका प्रधानसेनापति प्रज्वल शम्सेर राणा, तत्कालिन सैनिक सचिव विवेत्र विक्रम शाह, एडीसी राजु कार्की, गजेन्द्र बोहराको प्रत्यक्ष संलग्नता देखिएको छ ।

 

उल्लेखित व्यक्तिहरुको कुनै न कुनै रुपले विदेशी गुप्तचर एजेन्सीहरुसँग प्रत्यक्ष अप्रत्यक्ष संलग्नता थियो तत्कालिन प्रधानसेनापति प्रज्वल शम्सेर राणाले त दरबार हत्याकाण्ड हुँदा दरबारको सुरक्षा सेनाको नभएको गैह्र जिम्मेवार जवाफ दिनुले दरबारको सुरक्षा जिम्मा कसको थियो त ? यसको सुक्ष्म अनुसन्धान आजसम्म हुन सकेको छैन । मुलुकमा गणतन्त्र आयो राजनैतिक दलका नेताहरु प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भईसके संविधान निर्माण भईसक्यो । राज संस्थाको अन्त्य भईसक्यो त्यहि पनि आखिर किन दरबार हत्याकाण्डको छानविन गर्न सक्दैनन ? यो प्रश्न अब राजनैतिक दल र सरकारको जिम्मेवारी क्षेत्रमा पुगेको छ ।

 

अमेरिकी गुप्तचर संस्था सिआईए कार्टर फाउण्डेशनको नाममा ३० वर्षदेखि अवैध रुपमा ज्ञानेश्वरमा कार्यरत थियो । त्यसमा ‘कोभर्ट’मा काम गरिरहेका थिए तत्कालिन सैनिक सचिव वीवेक विक्रम शाह । जसले दरबारका सम्पूर्ण सूचना कार्टर फाउण्डेशन मार्फत सिआईएलाई बुझाउँथे । त्यसैको सुईको पाएर पछिल्लो क्रममा तत्कालिन राजा ज्ञानेन्द्रले उनलाई हटाएका थिए ।

 

राजदरबार हत्याकाण्डलाई खोतल्दै जाने हो भने अझै थुप्रै रहस्यहरु फेला पर्दै जाने छ । तर गणतान्त्रिक सरकारले दरबार हत्याकाण्डको निश्पक्ष छानविन नगरेर वीरेन्द्रको परिवारमाथि अन्याय गरिरहेको छ । पूर्व राजा ज्ञानेन्द्र र पारसमाथि हत्याको आरोप थोपर्ने र राजसंसथालाई कमजोर बनाउन ‘प्रोपकाण्डा’ गर्ने काम तत्कालिन बिद्रोही माओवादी र एमालेले गरेकै हो । आज सत्ताको साँचोदेखि सेना, प्रहरी, प्रशासन र सम्पूर्ण शक्ति आप्mनो हातमा हुँदा पनि किन छानविन गर्न सक्दैन ? राजा ज्ञानेन्द्र त सामान्य नागरिक सरह जिवन बिताईरहेका छन् । उनले त्यो घटना घटाएका हुन भने छानविन गरे हुन्छ । सक्छ ? त्यो तागत र हिम्मत राजनैतिक दलहरुसँग छ ।

 

‘प्रोपोकाण्ड’ र भ्रमको खेती गरेर आप्mनो स्वार्थ सिद्ध गर्न दरबार हत्याकाण्डको दोष अर्काको थाप्लोमा हालेर गैह्र जिम्मेवार भएर बस्न मिल्छ कि मिल्दैन ? दरबार हत्याकाण्डका योजनाकारहरुको साक्षी मध्ये एउटा प्रचण्ड पनि थिए । दरबारमा ठूलै घटना घट्दै छ भन्ने जानकारी उनलाई पहिलो नै कसैले दिएको थियो त्यसैले उनी राजसंस्था प्mयाँक्न र गणतन्त्र ल्याउन सफल हुने कुरामा ढुक्क थिए । आखिर भयो पनि दरबार हत्याकाण्ड एउटा सुनियोजित राजनैतिक षडयन्त्रमा आधारित हत्या थियो ।

 

राजदरबार हत्याकाण्ड सम्बन्धी उच्च स्तरीय छानविन आयोगले हत्यामा दीपेन्द्रको संग्लनता रहेको प्रतिवेदन सरकारलाई बुझाए पनि यसको पछाडि कुन कुन तत्वले भूमिका निर्वाह ग¥यो ? हत्या गर्नुका पछाडि के के कारण थिए भन्ने प्रतिवेदनमा खुलाइएको छैन । हचुवाको भरमा प्रतिवेदन तयार पारेर बुझाइएको छ । तर दीपेन्द्र एक्लैले यत्रो ठूलो हत्या नशाको सुरमा गर्न नसक्ने अपराध विश्लेषकहरुको भनाई छ ।

 

दरबार हत्याकाण्डमा सिआईए र ‘रअ’का तालिम प्राप्त दस्ता सेनाको सैन्य पोसाकमा दरबारभित्र पसेर हत्याकाण्ड रचेको खुलासाहरु भएको छ । सबैभन्दा आश्चार्यको कुरा त के छ भने दरबारको सुरक्षाका लागि जडित नाइट भिजन सिसि टिभी क्यामेरा र त्यसले रेकर्ड गरेको तथ्य समेतलाई गायव गरिएको छ । दरबार हत्याकाण्ड गर्नु अघि सिआईएले माहाराजगञ्ज शिक्षण अस्पताल नजिक र ‘रअ’ले लैनचौरमा जाशुशी उपकरण सहितको अखडा स्थापना गरेको थियो ।

 

होटल मल्लमा अमेरिका हिमालय फाउण्डेशनका नाममा सिआईएका अधिकारीहरु मनिटरिङ गरेर बसेका थिए । नेपाल मामिला सम्बन्धी चिनियाँ विशेषज्ञ प्रोफेसर व्हाङका अनुसार यो हत्या राजनैतिक षडयन्त्रबाट सिआइए र ‘रअ’ले मञ्चन गरेको एउटा ठूलो राजनैतिक षडयन्त्र हो । जुन तत्वले एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्या गराएको थियो त्यहि तत्वले राजा वीरेन्द्रको बंश बिनाश गरेको हो ।

किन भयो हत्याकाण्ड ?

नेपालको राजनीति र अर्थतन्त्रमा विदेशी हस्तक्षेप अनवरत रुपमा रहँदै आएको छ । खासगरी भारत, अमेरीका चिनको स्वार्थ नेपाल मामिलामा सधै जोडिने गरेको छ । अन्तर्राष्ट्रिय जाशुसी क्रियाकलाप पनि केही समयदेखि नेपाल मामिलामा गाँसिएर आएको छ । खास गरी नेपाल सैन्य सामरिक महत्वको स्थान भएकाले पनि अन्तर्राष्ट्रिय शक्तिहरुको आँखा नेपालमाथि पहिलेदेखि नै गाडिए पनि राजसंस्थाले बिदेशी चलखेलमा हस्तक्षेप गरेकै कारण विदेशीहरुका लागि नेपालको राजसंस्था बाधक बनेकै कारण यसलाई जरैदेखि उखेलेर प्mयाँक्न दरबार हत्यकाण्ड, माओवादी जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन होस वा षडयन्त्रमुलक ढंगले राजसंस्था प्mयाँक्नु ।

मेरिका र पश्चिमा मुलुकहरुको स्वार्थ नेपाललाई सैन्य अखडा बनाउन यहाँ अस्थिरता फैलाएर चिन टुक्र्याउने सैन्य रणनीति रहँदै आएको छ । भारत नेपालको रक्षा, जलस्रोत, उद्योग राजनीति अर्थतन्त्र, व्यापारमा आप्mनो पडक कायम राख्न पहिलेदेखि नै चाहन्छ । चिन पनि आप्mनो सुरक्षाका लागि अमेरिका र भारतका कारण तिब्बत मामिलामा सतहमा देखिन थालेको छ ।

जहाँसम्म राजपरिवारको हत्याकाण्ड सवाल छ त्यो षडयन्त्र ०७ सालदेखि कै निरन्तरता हो । नेपाली कांग्रेसलाई प्रयोग गरी २०२८ सालमा राजा महेन्द्रको जनकपुरमा हत्या गर्ने प्रयास भएको थियो । त्यसपछि पनि राजा महेन्द्रलाई विष सेवन गराएर राणाहरुले हत्या गर्ने षडयन्त्र नगरेका होइनन । तर यो घटनालाई तत्कालिन अवस्थामा दवाइयो । पछि २०३२ सालमा विराटनगरमा राजा वीरेन्द्रमाथि बम प्रहार गरी हत्याको प्रयास गरियो । त्यस बखत पनि राजनैतिक दलहरु कुनै न कुनै विदेशी शक्तिबाट परिचालित थिए । जो विद्यमान कायम छ । त्यसैको निरन्तरताको कडी दरबार हत्याकाण्ड राजसंस्था प्mयाँक्नका लागि गरिएको हो ।

हत्याकाण्डको मुख्य कडी

नेपालको राज परिवार र तत्कालिन भारतीय संस्थापन पक्ष (गान्धी परिवार)सँग पहिलेदेखि नै खटपट भएका कारण उल्लेखित घटनाहरु भएको जानकारहरुको दावी छ । राजा वीरेन्द्रको हत्याको योजना २०४४ सालमै भारतको साउथ ब्लकमा ‘रअ’ले बनाउँदै आएको थियो । दरबार हत्याकाण्डको वास्ताविकतालाई खोतल्ने हो भने इतिहासका घटनाक्रमसँग जोडेर हेर्नुपर्छ ।

२०४५ सालमा भारतका तत्कालिन प्रधानमन्त्री राजिव गान्धी र सोनिया गान्धी नेपाल भ्रमणमा आउँदा पशुपति दर्शनको इच्छा व्यक्त गरे राजिव गान्धी मुस्लिम र सोनिया क्रिश्चियन भएका कारण हिन्दुलाई मात्र प्रवेश दिने पशुपतिनाथमा प्रवेश पाउन गान्धीले भारतीय दुतावास मार्फत दरबारमा कुरा राख्दा पशुपति हिन्दुहरुको लागि मात्र भएकाले मूल भट्टलाई सोधेर मात्र गर्नु भन्ने हुकुम राजा वीरेन्द्रबाट भएको थियो । मुल भट्टले पनि राजिव र सोनियालाई दर्शन गर्न नमिल्ने जनाउ दिएपछि राजिव गान्धी र राजाा वीरेन्द्रबीच कुटनैतिक र व्यक्तिगत रुपमा तिक्तता छाएको थियो । यो व्यक्तिगत टकराव सार्क शिखर सम्मेलन पाकिस्तानमा सतहकै देखियो ।

२०४५ सालमा राजा वीरेन्द्र र राजिव गान्धीबीचको कुटनैतिक र व्यक्तिगत टकराव यसरी बढ्यो कि भारतले नेपाललाई वाणिज्य सन्धी नविकरण नगरेर नाकाबन्दी ग¥यो । दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थ आयातमा रोक लगाइयो । यसले दुई देशबीच तनाव झन बढ्दै गयो । फलस्वरुप नेपालमा प्रतिवन्धित राजनैतिक दलहरुलाई भारतीय गुप्तचर संस्था ‘रअ’ मार्फत राजसंस्था विरुद्ध उपयोग गर्दै ०४६ सालको जनआन्दोलनको उठान गरियो । तर राजसंस्था हटाउने प्रयास भने तत्कालिन अवस्थामा शाही नेपाली सेना राजा प्रति बफादर भएका कारण असफल भयो ।

पछिल्लो समय तत्कालिन प्रधानसेनापति प्रज्वल शम्सेर राणालाई सिआइएले खरिद गरेका कारण दरबार हत्याकाण्ड भयो भने दरबार हत्याकाण्ड पछि रुक्मांगत कटुवाललाई ‘रअ’ले किनेका कारण राजा ज्ञानेन्द्रलाई साथ नदिएका कारण राज संस्था समाप्त पारियो राजा वीरेन्द्रले भारतसँग झुक्नु भन्दा जनतासँग झुक्न ठीक सम्झेर प्रजातन्त्रको घोषणा गर्नु नै नेपालमा अस्थिर राजनीति, असुरक्षा र चौतर्फी घेराबन्दी सुरु भयो ।

प्रजातन्त्रका नाममा राजनैतिक दल र नेताहरु बदनाम हुँदै जानु राजा वीरेन्द्र लोकप्रिय हुनु गान्धी परिवारका लागि टाउको दुखाई बन्दै गएको थियो । उता छिमेकी मुलुक श्रीलंकामा राजिव गान्धीले भारतीय सेना प्रवेश गराएर तमिलहरुको हत्या गराईरहेका थिए । तमिलहरु त्यसको बदला लिन चाहन्थे । ०४५ साल अन्तिममा तमिलहरुले गान्धीको आत्माघाती बम प्रयोग गरेर हत्या गरे ।

हत्याको छानविनमा लागेको भारतीय गुप्तचर संस्था ‘रअ’ले जैन आयोग गठन गरेर छानविन सुरु ग¥यो । जैन आयोगले राजा वीरेन्द्र र राजिव गान्धीबीच बिग्रिएको सम्बन्धलाई लिएर रानी ऐश्वर्य मार्फत आप्mना भाई उदय शम्शेर राणा मार्फत लिट्टेका नेता प्रभाकरणलाई गान्धी हत्याका लागि ४ अर्व रकम खर्च गरेरको रिपोर्ट बुझायो ।

‘रअ’को उक्त रिपोर्ट प्राप्त पछि सोनिया गान्धी आक्रोशित भई अमेरिकी गुप्तचर संस्था सिआइएसँग मिलेर ‘रअ’को ज्वाइन्ट अप्रेशनमा वीरेन्द्रको परिवार समाप्त गर्ने जिम्मा दिइन । त्यस बखत आलोक जोशी ‘रअ’का नेपाल स्टेशन चिफ थिए । उक्त गुप्तचरी अप्रेशनको नाम ‘अप्रेशन बाज’ राखियो । यसको सुईको चिनिया गुप्तचर अधिकारीहरुले ‘बहाओ’ सम्मेलनमा राजा वीरेन्द्रलाई दिएका थिए । तर वीरेन्द्रले दरबारभित्र २५ हजार फोजका बीच कसरी गराउन सक्छ ? सेना आपूmप्रति बफादर रहेको विश्वास गरे त्यहि पशुपति शम्शेर राणाकी छोरी दिव्यानीलाई ‘रअ’ले प्रयोग गर्ला र यत्रो घटना होला भन्ने कल्पना समेत गरेका थिएनन वीरेन्द्रले ।

२०५७ सालमा राजा वीरेन्द्रले नागरिकता विद्येयक अस्वीकृत गरेर भारतीय घुसपैठलाई रोक्नु, चीनबाट हतियार खरिद गर्नु भारतीय संस्थापन पक्षका लागि खतरा रहेको विश्लेषण ग¥यो । राजा वीरेन्द्र तत्कालिन शाही नेपाली सेनाप्रति पूर्ण विश्वस्त थिए । साथै आप्mनो सुरक्षार्थ खटिएको दरबारको सेनाप्रति उनको विश्वास र भरोसाा थियो । तर तत्कालिन प्रधानसेनापति बिकेको, सैनिक, सचिवले दरबारका गोप्य कुरा कार्टर सेन्टर मार्फत सिआइएलाई बेच्ने गरेको यति भयंकर षडयन्त्र हुँदा समेत वीरेन्द्र अनभिज्ञ थिए । दरबार हत्याकाण्ड हुन्छ भन्ने कुरालाई उनले विश्वास नै गर्न सकेनन् ।

प्रयोग भित्रको प्रयोग

कडा सैनिक सुरक्षा घेराभित्र राज परिवारको हत्या गर्नु सामान्य कुरा थिएन । त्यसैले विदेशी गुप्तचर संस्था सिआइए र ‘रअ’ले इन्टेलिजेन्स अप्रेसन चलाउन दरबारभित्र परिवारकै सदस्यलाई उपयोगको नीति अपनाउन थाले । जसमा अविवाहित दिपेन्द्रलाई ‘मोहरा’ बनाइयो । पशुपति शम्शेर रणा भारत ग्वालीयर माहारानीका ज्वई हुन । उनकी छोरी दिव्यानी राणालाई दिपेन्द्रलाई प्रेम जालमा फसाउन लगाएर राजा वीरेन्द्र र रानी ऐश्वर्य विरुद्ध उक्साउन श्रीमती उषा राजेले पनि थालिन । त्यति मात्र नभई अघोषित विवाह नै दिपेन्द्रसँग गराएर खोपी मै सुत्न उपलब्ध गराउन थालियो ।

यो खेल यति खतरनाक तरिकाले खेलियो कि दिपेन्द्रलाई उम्किने समेत ठाउँ नराखी विदेशी गुप्तचरहरुले आमाईको प्रयोग गरेर दिपेन्द्रलाई राजा हुने ख्वाब देखाएर फसाइयो । दिपेन्द्रको पेट दिव्यानीले बोकीसकेकी थिइन । अर्थात प्रेममा पागल भईसकेका दिपेन्द्रलाई उत्तेजित नशाको दवाई ख्वाउन थालि सकिएको थियो । यसमा दिपेन्द्रका एडीसी राजु कार्कीले साथ दिईरहेका थिए । दरबार त्यस बखत दिपेन्द्रभन्दा ४ वर्ष जेठी दिब्यानी त्यो पनि श्री ३ का खलकसँग विवाह गर्न दिने पक्षमा थिएन ।

अत्याधिक रक्सी सेवन, लागु औषध हेरोइन र चरेसको कुलतमा परिसकेका दिपेन्द्रमा दिव्यानीसँग विवाह नहुने भन्ने कारणले ‘डिप्रेसन’मा थिए । त्यहि डिप्रेसनको फाइदा विदेशी गुप्तचर एजेन्सीहरुले उठाए । जसको परिणाम दरबार हत्याकाण्ड थियो । दिपेन्द्र राजा बन्ने लालसामा एडीसी राजु कार्कीको कुपोण्डोलस्थित निवास दिपेन्द्र र दिव्यानीका लागि खुल्ला छाडिएको थियो । एडीसी राजु कार्की सिआइए माफर्त काम गरिरहेका थिए । दरबार हत्याकाण्ड हुनु अघिल्लो दिन उनी विदामा बसेर अमेरिका जाने तयारीमा थिए । पछि उनी अमेरिका नै भासिए ।

परिवारभित्र दिव्यानीका कारण तनाव बढ्दै गएको थियो । तनावका कारण रानी ऐश्वर्यले दिपेन्द्रलाई दिव्यानीसँग विवाह गर्ने भए धिरेन्द्र जस्तै मुलुक छोडेर विदेश बस्नुपर्ने राजउत्तराधिकारीमा निराजनलाई घोषणा गर्ने शर्त राखेपछि दिपेन्द्र आमा ऐश्वर्यसँग आक्रोशित बन्न पुगे । यता भारतीय गुप्तचार संसथा ‘रअ’को एजेन्टको रुपमा काम गरिरहेकी दिव्यानी राणा दरबार प्रवेश गरिसकेकी थिइन । यहाँसम्म कि दिपेन्द्रको खोपीसम्म जाने अनुमति प्राप्त गरेकै कारण दरबारभित्रको सम्पूर्णको सूचना सहजरुपमा बाहिर ‘रअ’का अधिकारीहरु समक्ष पुग्न थाल्यो ।

यसको फाइदा उठाउँदै ‘मिसन बाज’का लागि कभर्ट अप्रेशनमा बसेका ‘रअ’का अधिकारी शिवानन्द बाबाको नक्सालस्थित डेरामा पु¥याएर उत्तेजित औषधी दरबारभित्र पसेपछि खान भनियो । त्यति मात्र होइन तान्त्रिक भेषभुषामा बसेका शिवानन्दले एउटा बाजको नङ्ग्रा दिपेन्द्रको गलामा झुण्ड्याएर दिव्यानीसँग विवाह हुने ग्यारेन्टी गरिदिए । यद्यपी सो नङ्ग्रामा माइक्रो ट्रान्समिटर ज्वाइन्ट गरी दरबार र दिपेन्द्रको सम्पूर्ण पारिवारिक गतिविधिलाई निगरानी गरेर बाहिर बसेका सिआइए र ‘रअ’का अधिकारीहरुले दरबार हत्याकाण्डको योजना बनाईरहेका थिए ।

अत्याधिक मानसिक तनावमा रहेका दिपेन्द्रलाई २०५८ जेठ १९ गते साँझको कल डिटेल्समा दिव्यानीले ‘आपूmले बिहे गर्न नसक्नेले के रानी बनाउँछौ ?’ भन्ने जस्ता शब्द प्रयोग गरेको सुनिन्छ । यसबाट दिपेन्द्रलाई राजा विरेन्द्र र रानी ऐश्वर्य विरुद्ध उचालिराखेको प्रष्ट देखिन्छ । राजपरिवारको सुरक्षा जिम्म लिएर बसेको नेपाली सेनाका उच्च अधिकृत, दरबारको एडीसी कार्यालय, सैनिक सचिवालय, सैनिक गुप्तचर दिपेन्द्र र दिव्यानीको प्रेमप्रसंगदेखि दरबारभित्रको कलह र बाहिरी तत्वले खेलिरहेको खबरप्रति बेखबर थिएन । तर जानबुझ विदेशी गुप्तचर एजेन्सीसँग शाही नेपाली सेनाका तत्कालिन उच्च अधिकारी र एडीसीहरु बिकीसकेका थिए भन्ने कुरालाई नकार्न सकिन्न । दरबार हत्याकाण्डमा भारतीय गुप्तचर संस्था ‘रअ’ र सिआइएको हात छ भन्ने कुरालाई अब नकार्ने ठाउँ छैन ।

नेपालका दुई छिमेकी मुलुक चीन र भारतमा बढ्दो आर्थिक गतिविधिमाथि निगरानी राख्न सिआईएले आप्mनो उपस्थिति फारकिलो बनाउँदै लगेको छ । कमजोर आर्थिक अवस्था, खुल्ला सिमाना, नाजुक सुरक्षा संयन्त्र कारण नेपालमा अन्तर्राष्ट्रिय मुस्लम आतंकवादी संगठन आइएकआइएसलाई भारत विरुद्ध र तिब्बती विद्रोहीहरुलाई चीन विरुद्ध दरबार हत्याकाण्ड पछाडिका १४ वर्षमा व्यापक सञ्जाल बनाएको छ । नेपाललाई पनि टुत्र्mयाउने रणनीति राजसंस्थाको अन्त्य पछाडि रचिएको छ ।

(सुनिल शर्माद्वारा लिखित कम्यूनिकेशन भ्वाईस मासिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया