धरानमा एम्बुलेन्सबाट सय केजी गाँजा सहित २ जना पक्राउ

धरान / सुनसरी धरानमा एम्बुलेन्सबाट सय के.जी. गाँजा सहित २ जना पक्राउ परेका छन् । सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी. को ४ वटा झोलामा जम्मा सय के.जी. लागूऔषध गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया