केपी ओली प्रधानमन्त्री नियुक्त , सपथ शुक्रबार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । नेपाली काँग्रेस–नेकपा माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसक्ने भएपछि आजै राति राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

ओली गत मंगलबार विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। ओली पदमुक्त भएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज (बिहिबार) राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

तीन दिनको समयसीमामा शेरबहादुर देउवा, पुष्प कमल दाहाल (प्रचण्ड) र उपेन्द्र यादवले बहुमत प्रमाणित गर्न नसकेपछि अन्ततः ठूलो दलको रूपमा ओली नै प्रधानमन्त्री नियुक्त हुनेभएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित