महन्थ–राजेन्द्रले ओलीलाई सुनाए तटस्थ बस्ने निर्णय

काठमाडौं / जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।

तपाईको प्रतिक्रिया